काठमाडौं। विश्वभर कोरोनाभाइरस (कोभिड–१९) कारण जारी लकडाउनले सबैको सक्रियता ‘लक’ गरिदिएपनि बिस्तारै कलाकारहरुले आफ्ना सिर्जनाहरु डिजिटल बजार मार्फत सार्वजनिक गरिरहेका छन्।

यस्तैमा गायक भुपु पाण्डे र गायिका प्रविशा अधिकारीको स्वरमा ‘मायालु’ बोलको बिल्कुलै नयाँ गीत सार्वजनिक भएको छ। झापा घर भइ हाल अमेरिकामा बस्दै आएका गीतकार राजेश अर्यालको शव्द–रचनामा प्रेम भाव बोकेको मायालुु बोलको गीत सार्वजनिक भएको हो। यो गीत एल्बम स्मृति भित्र संग्रहित रहेको छ। गीतमा संगीत गायक भूपू पाण्डेको नै रहेको छ।

म्युजिक भिडियोमा सुनिल क्षेत्री र वीना राउतको रोमान्स देख्न सकिन्छ। अमृत चापागाइँको सम्पादन, नवराज उप्रेतीको छायांकनमा निर्माण भएको ‘मायालु’लाई सुनिल क्षेत्रीको कोरियोग्राफी र निर्देशन रहेका छन्।

प्रकाशन मिति–२०७७ साल असार १६ गते मंगलवार ।