काठमाडौं। संयुक्त राष्ट्रसंघमा नेपालको परिचय र पहिचान कायम गर्दैआएको नेपालको मौलिक लिपी रञ्जना लिपीको प्रवद्र्धन गर्ने र गराउने कार्यमात्र नेकपा एमालेका प्रभावशाली नेता तथा बागमती प्रदेशका लोकप्रिय तथा जनप्रिय निवर्तमान सांसद राजेश शाक्यको विशेष योगदा रहेको छ।

Ranjana Lipi of Nepal’s Own Lipi Registred in United Nations

बागमती प्रदेशको सांसद हुंदा सांसद विकास कोष मार्फत नेता शाक्यले विश्वको दुर्लभ तथा नेपालको पहिचान वोकेको मौलिक रञ्जना लिपी सिकाउने तालिम नै संचालन गरेर उल्लेखनीय कार्य गरेको कसैवाट छिपेको छैन्। यस कार्यक्रमको संचालन गर्ने नेपाल लिपी गुठीले नेता शाक्यको योगदान उल्लेखनीय रहेको भनेको छ।

Rajesh Shakya

नेता शाक्यले नेपालको राष्ट्रियता तथा पहिचान कायम गर्न सफल नेपालको मौलिक लिपि रञ्जना लिपिको प्रवद्र्धन गर्ने उद्देश्यले आफ्नो सांसद कोषले नेपाल लिपी गुठीलाई रु ५० लाख सहयोग गरेर रञ्जना लिपि प्रवद्र्धन अभियान संचालन भएको खुलासा पनि गरेका छन्।

प्रशिक्षणमा नयाँ तथा पुराना पिंढीको उत्साहजनक सहभागिताबाट आफू अत्यन्त प्रभावित भएको भनाईवाट पनि नेता शाक्य बागमती प्रदेशको सांसद हुंदा भएको उल्लेखनीय कार्यको कारण हिजोआजा व्यक्ति तथा संस्था विशेषले पनि निम्तो पत्रमा समेत रञ्जना लिपीको प्रयोग गर्न थालेको पाइएको छ ।

त्यस्तै महाभूकम्पवाट ध्वंस्त बनेको काठमाडौंको शान तथा गौरब नै मानिएको काष्ठमण्डपको पूर्नरनिर्माणको संयोजक बनेर अहोरात्र खट्ने कार्य पनि नेता शाक्यवाट भएको छ। जसको परिणाम काष्ठमण्डपले पुरानै मौलिक स्वरुप पाएको छ। भाषिक तथा स्थानीय जनसवालको विषयमा जहिले पनि आफ्नो राजनीतिको मूलमन्त्र वनाउदै आएका प्रखर नेता राजेश शाक्य काठमाडौं क्षेत्र नंबर ८ (क) प्रदेशवाट दोश्रो इनिङका लागि उम्मेदवार वनेका छन्। नेकपा एमालेको सूर्य चिन्हवाट उम्मेदवारी दिएका नेता शाक्यको जितको प्रमुख आधार नै यसअघि पाँच बर्षे कार्यकालमा आफूले गरेका जनप्रिय तथा लोकप्रिय कार्यहरु नै हो।

विसं.२०३६ सालवाटै नेवि संघको विद्यार्थी राजनीतिवाट राजनीतिक करियर वनाएका नेता शाक्य विसं.२०४८ सालमा गिरिजा प्रसाद कोइरालाले सन्त नेता कृष्णप्रसाद भट्टराईलाई अन्तरघातको गरेको नेपाली कांग्रेसको राजनीतिवाट वाक्क दिक्क बनेर दुई बर्ष राजनीति नै छाडेका थिए।

संभावना वोकेको स्पष्ट अनि प्रष्ट सोच भएको शाक्य जस्तो युवा नेता चुप लागेर वसेको देखेपछि जनकवि दुर्गालाल श्रेष्ठ देखि भाषिक आन्दोलनका अगुवाहरु पवित्र बज्रचार्य देखि डा.महेशमान श्रेष्ठसम्मले नेपाली राजनीतिमा फर्कन प्रेरणा दिएपछि विसं.२०५० सालवाट निरन्तर नेकपा एमालेवाट राजनीतिक करियर बनाएका हुन।

नेकपा एमालेका विभिन्न तह तथा तप्का हुंदै यतिखेर नेकपा एमाले काठमाडौं जिल्ला सचिव समेत रहेका उनी २०७४ साल भएको निर्वाचनमा काठमाडौं क्षेत्र नंबर ८ प्रदेश (क) वाट भारी मतले निर्वाचित बनेका थिए।


प्रकाशन मिति–२०७९ साल कात्तिक २९ गते मंगलवार ।