Rajesh Hamal in Nyana Kapada baddai 2काठमाडौ। नायक राजेश हमालले महाभूकम्पवाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाको गुम्बा गाविसमा विहीवार पुगेर स्थानिय स्कुले विद्यार्थीहरुलाई स्कुले झोला तथा शैक्षिक सामग्री वितरण गरेका छन्। हेलम्बु एजुकेसन लाइभलीहुड नामक संस्थाको आयोजनामा भएको स्कुले झोला तथा शैक्षिक सामग्री वितरण गर्न नायक हमाललाई हेलिकप्टरवाट आयोजक संस्थाले गुम्बा गाविसमा ल्याइएको थियो।

Rajesh Hamal in Nyana Kapada baddai 1

हमाल आउने थाहा पाएपछि विकट गाउंहरुवाट समेत बूढापाका देखि बालबालिकासम्म हमाललाई हेर्न त्यहाँ पुगेका थिए। त्यसमाथि हमालकै हातवाट स्थानिय स्कुले बालबालिकाले स्कुले झोला तथा शैक्षिक सामग्री पाउंदा दंगै परेका थिए। महाभूकम्पको पीडामा रहका स्थानियलाई खुशी बाँड्न आफू त्यहाँ पुगेको नायक हमालले भनेका छन्।

Rajesh Hamal in Nyana Kapada baddai 3

स्थानिय क्यालिङ्गथाङ्ग निम्न माध्यमिक विद्यालयमा भएको कार्यक्रमको उद्घाटन स्थानिय परम्पराअनुसार वियरको बोतलमा राखेको छ्याङ्ग छर्केर गरेका थिए। छ्याङ्ग छर्किनुलाई स्थानियले कार्यक्रमको शुद्धिकरण गरेको भनेका छन्। स्थानियले नायक हमाललाई चौरीको दूध खुवाएर स्वागत गरेका थिए।

प्रकाशन मिति–२०७२ साल पुष १६ गते विहीवार ।