काठमाडौं। नेपालका शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरको हिजोआज गीत गायनमा पनि व्यस्तता बढेृको छ। राज्यमन्त्री भएतापनि कुनैपनि सभा तथा समारोहमा गीत गाएर मनोरञ्जन दिने रामबीर मानन्धरको अदभूत प्रतिभा रहेको छ। अष्टनारायण फिल्म हलका मालिक समेत रहेका राज्यमन्त्री मानन्धरको गीत गायनको शौख बचपनदेखिको हो।

यो शौखलाई बेलाबखत पूरा गर्दैआएका राज्यमन्त्री मानन्धरले हालैमात्र ननस्टप चारघण्टा पाँच मिनेट विभिन्न नेपाली गीत गाएर World Book Record कायम गरिसकेका छन्। यिनै अदभूत प्रतिभाका धनी राज्यमन्त्री मानन्धरले खगेश रञ्जितकार प्रमुख रहेको काराओके इन्टरटेन्टमेन्टको नयाँ भवनको सहितको सात गुण सम्पन्न कार्यालयको रिबन काटेर उदघाटन गरेपश्चात गायिका सविना मानन्धरसंग युगल गायनमा मज्जाले गीत गाएर अर्को चमत्कार देखाएका छन्।

रेक्स रञ्जितको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुगेका शहरी विकास राज्यमन्त्री मानन्धरले गीत गायन पश्चात काराओके इन्टरटेन्टमेन्टले कलाकारिताक्षेत्र, सङ्गीतक्षेत्र र कुनैपनि इभेन्ट व्यवस्थित गर्न र गराउन अत्यन्त सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। काराओक इन्टरटेन्टमेन्टका प्रमुख खगेश रञ्जितकारले राज्यमन्त्री मानन्धरको युगल गायनमा मज्जाले नाचेर आफूले सक्दो राष्ट्रको लागि राम्रो काम गर्ने प्रतवद्धता व्यक्त गरेका छन्।

नेप्लिज फेशन होमकी प्रमुख हेमा मानन्धर नेपाल क्योकुसिन सेइसिन काइकेन करातेका प्रमुख अशोक श्रेष्ठ, बरिष्ठ पप गायक भीम तुलाधर , नेपाल मोडलिङ संघ प्रमुख दिनेश शाही, गायिका सबिना मानन्धर, इन्जिनियर दिपेन पन्त, साधना ब्युटी पार्लर प्रमुख साधना रञ्जित, होटल अन्नपूर्णमा सेफ अभिलेश श्रेष्ठ र वरिष्ठ मेकअप आर्टिस्ट सञ्जु रञ्जित, मिस नेवाःनितु डंगोल र मिस नेवाः११४१ परिवारको उपस्थिति थियो।

नेवार संस्कारमा सगुन प्रसाद सहितको बिभिन्न परिकारले सबै व्यक्तित्वहरुलाई स्वागत सम्मान गर्न पाउँदा आफूलाई खुशी अत्यन्त खुशी लागेको जानकारी कार्यक्रम संयोजक रुचिका तण्डुकारले भनेकी छन्।

 

प्रकाशन मिति–२०७७ साल माघ १२ गते सोमवार ।