काठमाडौं। नेपाल सरकारले बरिष्ठ हांस्य अभिनेता किरण केसी रातामकैलाई सदभावनादूत नियुक्त गरेको छ। विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा रातामकैलाई उपभोक्त हक, हित र अधिकारका लागि आफ्नो क्षेत्रवाट दिदैआएको योगदानको कदरस्वरुप आगामी दुई बर्षका लागि सदभावनादूत नियुक्त गरेको हो।

नेपाल सरकार उद्योग–बाणिज्य तथा आपूर्ति मन्त्रालय, बाणिज्य, आपूर्ति र संरक्षण विभागले उपभोक्ता अधिकार सदभावनादूतका रुपमा हांस्य अभिनेता रातामकैलाई नियुक्त गरिएको जानकारी गायक देवेन्द्रमान सिंहले भिजन संसार डटकमलाई दिएका छन्।

गायक सिंहका अनुसार, अभिनेता रातामकैको नेपाल सरकारले गरेको यो उच्च–मूल्यांकन हो। रातामकैले उपभोक्ता संरक्षणको क्षेत्रमा दशकौ समयदेखि कार्य गर्दैआएबापतको यो ठूलो सम्मान अनि पुरस्कार पनि हो।
प्रकाशन मिति–२०७६ साल चैत्र २ गते आइतवार ।