काठमाडौं। रातामकै उपनामवाट बहुचर्चित हांस्य अभिनेता किरण केसी, मुलासाग उपनामवाट चर्चा पाएका अर्का हांस्य अभिनेता सुरेन्द्र केसी र स्वर सम्राट नारायण गोपालका अनुयायी गायक देवेन्द्रमान सिंह वीचको त्रिकोणात्मक गहिरो मित्रता यतिखेर चर्चाको विषय बनेको छ।

यी तीनलाई हिजोआज त्रिमूर्ति नै भन्न थालिएको छ। तीनैजना वीच व्यावसायिक संवन्ध पनि भएको कारण हरेक कार्य तथा सभा–सम्मेलनमा पनि एकसाथ पुग्ने उनीहरुको गजबको परम्परा नै रहेको छ। एक अर्का वीच अत्यन्त सौहाद्र्धता तथा आत्मियता भएको कारण मित्रतामा गहिरो संवन्ध भएको तीनमध्येका पाका अभिनेता किरण केसी रातामकैले भिजन संसार डटकमको गौरबमय प्रस्तुति भिजन संसार प्लस च्यानलमा बताएका छन्।

रातामकै किरण केसीले मुलासाग सुरेन्द्र केसीलाई आफ्नो किड्नी नै भनेका छन्। मुलासाग सुरेन्द्र केसी मात्र के कम ? रातामकै किरण केसीलाई आफ्नो शरीर नै भन्न पछि परेका छैनन्। गायक देवेन्द्रमान सिंहलाई दुवैले लुभुको नारायण गोपाल भन्न रुचाए। रातामकै किरण केसीले महसंग मिलेर निर्माण गरेको चलचित्र त तँ साह्रै विग्रिस बद्रीको चलचित्र डिष्ट्रिव्युसन कार्यवाट गायक देवेन्द्रमान सिंहको रातामकै किरण केसीसंग जोडिएका हुन।

त्यसपछि किरण केसी निर्मित शत्रुगते देखि लक्काजवानसम्म पनि देवेन्द्रमानको संलग्नता रहेको छ। प्राय चलचित्रमा लामो होइन, पासिङ सटमा अभिनय गर्न रुचाउने देवेन्द्रमान रातामकै किरण केसीका साख्यै मितज्वाई पनि भएको खुलासा भएको छ। एक अर्कासंग जोडिएका यी तीन त्रिमूर्तिले एकले अर्कालाई अत्यन्त सम्मान दिने कार्य भएको छ। रातामकै किरण केसीलाई मुलासाग सुरेन्द्र केसीले आफ्नो बाउ पछिको बाउ भनेर ठूलो सम्मान दिएका छन्।

प्रकाशन मिति–२०७७ साल साउन २२ गते विहीवार ।