Rata Makkai Kiran KC's Birthdayकाठमाडौ। नेपालका ख्यातिप्राप्त हास्य अभिनेता राता मकै किरण केसी ६० बर्षको उमेरमा पुगेका छन्। ६० बर्षको जन्मदिनको अवसर पारेर राता मकै किरण केसीले पत्रकार तथा कलाकारलाई सम्मान कार्यक्रम राखेर नयाँपन दिने कोशिश गरेका छन्। जन्मदिनलाई यादगार बनाउनका लागि रातामकैको यसप्रकारको प्रयास अत्यन्त सह्रानिय भएको सवैको भनाई रहेको छ।

रातामकैको जन्मदिनमा पत्रकारमा अग्रज चलचित्र पत्रकार विजयरत्न तुलाधर सम्मानित बनेका छन्। अग्रज पत्रकार तुलाधरलाई नगद १० हजार सहित सम्मान–पत्रवाट सम्मान गरिएको हो। त्यसैगरेर अग्रज हास्य कलाकार रमेश केसी मट्टारेलाई पनि दश हजार नगद सहित सम्मान प्रदान गरिएको छ।

विगत केही वर्ष यतादेखि यसरी आफ्नो जन्म दिन असार १५को अवसर पारेर एक जना पत्रकार र कलाकारलाई नगद राशी सहित सम्मानित गर्दै आएका कलाकार किरण के.सी.ले यो वर्ष भने टेलिभिजन जगतबाट लय संग्रौला, लोक दोहोरी जगतबाट रामप्रसाद खनाल र म्युजिक भिडियो जगतका राज के.सी.लाई पनि सम्मान पत्र प्रदान गरिएको छ।
प्रकाशन मिति–२०७४ साल असार १५ गते विहीवार ।