काठमाडौं। नेपाली समसामयिक हांस्य अभिनयको फाँटमा राता मकै नामवाट व्यापक चर्चा पाएका हास्यअभिनेता किरण केसीले असार १५ गते आफ्नो जन्म दिन पारेर प्रत्येक बर्ष प्रदान गरिदैआएको विशेष सम्मान प्रदान गरेका छन्।

यो बर्ष चलचित्र क्षेत्रमा उल्लेख्य योगदान दिएका अग्रज चरित्रअभिनेत्री लक्ष्मी गिरी र पत्रकार, गीतकार तथा चलचित्र निर्देशक डब्बु क्षत्रीलाई सम्मान गरेका हुन। अग्रज चरित्रअभिनेत्री गिरी र पत्रकार, गीतकार तथा चलचित्र निर्देशक क्षत्रीलाई जनही नगद १० हजार सहितको सम्मान प्रदान गरिएको जानकारी राता मकै किरण केसीले वताएका छन्।

सम्मान कार्यक्रममा अग्रज चरित्रअभिनेत्री लक्ष्मी गिरीले आफुलाई हाँस्यव्यँग्य कलाकारको रुपमा गरिएको यो सम्मानले अझै यो क्षेत्रमा थप सशक्त काम गर्ने उर्जा मिलेको भन्दै धन्यबाद ज्ञापन गरिन्।

यस्तै पत्रकार डब्बु क्षत्रीले आफ्नो कामको मूल्याँकन गरेर यो सम्मान प्रदान गरिएकोमा अझ सक्रिय रुपमा पत्रकारिता गर्न प्रेरणा जागेको बताए। सम्मान कार्यक्रममा गायक देवेन्द्रमान सिंह तथा कलाकार सुरेन्द्र केसीको विशेष उपस्थिति रहेको थियो।


प्रकाशन मिति–२०७७ साल असार १५ गते सोमवार ।