Sushma Karki Birthday 1काठमाडौ। नेपाली चलचित्रकी हट नायिका सुषमा कार्कीले भ्यालेनटाइन्स–डेको दिन आइतवार अवेर गरेर जन्मदिन मनाएकी छन्। हरेक बर्ष १४ फरवरीका दिन जन्मदिन मनाउने गरेकी नायिका कार्कीले यो बर्ष आइतवार काठमाडौको कमलपोखरीको एक क्याफेमा जन्मदिनको पार्टी दिएर भव्य रुपमा मनाएकी छन्।

Sushma Karki Birthday 2

Sushma Karki Birthday 3

नेपालका प्रथम मिस नेपाल रुवि राणा देखि कोरियोग्राफर रेनेशा राई लगायतका नायिका कार्की निकटवर्तीहरुको व्यापक उपस्थिति रहेको थियो। अघिल्लो बर्ष लाजिम्पाटको एक पार्टी प्यालेसमा भव्य पार्टी दिएकी नायिका कार्कीले गत बर्षजस्तै यो बर्षपनि बर्ष लुकाउनमा नै रमाएकी थिइन्।

जन्मदिनको केकमा कुनै बर्ष मेन्सन गरिएको थिएन। केवल नक्कली मोरी भनेर उल्लेख गरिएको थियो। त्यो नक्कली मोरी उल्लेख भएको केक कसले ल्याएको भन्ने कुराको जानकारी दिन पनि नायिका कार्कीले स्पष्ट गर्न चाहिनन्।

प्रकाशन मिति–२०७२ साल फागुन ३ गते सोमवार ।