काठमाडौ। धेरैले प्राय बिहान नुहाउँछन्। राति नुहाउनु हुंदैन भन्ने कतिपयको भनाई रहेको छ। यथार्थमा राति नुहाउनुको फाइदा नै फाइदा छ भन्ने कुरा कतिलाई थाहा पनि छैन्। अन्धविश्वास र पुरातन सोचले राति नुहाउनु हुंदैन भन्ने अवधारणा भएको हुनुपर्दछ। त्यसमाथि, राति सुत्नु अघि नुहाउनु निकै फाइदाजनक हुन्छ।

१. सुन्दरतामा बृद्धि
राति चिसो पानीले नुहाउँदा छालामा निखार आउँछ । यसले डण्डिफोरको समस्याबाट पनि राहत दिलाउँछ। सुत्नुअघि नुहाउँदा छालामा फोहोर जम्मा हुन पाउँदैन जसका कारण छाला चम्किलो हुनुका साथै सुख्खा हुनबाट जोगाउँछ।

२. मोटोपना घट्ने
आजकाल मानिसहरुको सबैभन्दा ठूलो समस्या भनेको मोटोपना हो । जिममा पसिना बगाएर, डाइटिङ गरेर र राति सुत्नुअघि नुहाएर पनि मोटोपना घटाउन सकिन्छ । यसका लागि सुत्नु अघि मनतातो पानीको प्रयोग गर्नुहोस् वा अत्यधिक चिसो पानीको प्रयोग पनि गर्न सक्नुहुन्छ । यसो गर्दा शरिरको क्यालोरी बर्न हुन्छ र तौल सजिलै कम हुन्छ।

३. मिठो निन्द्रा लाग्ने
तनावका कारण धेरैलाई राति निन्द्रा नलाग्ने समस्या हुनसक्छ। यदि यस्तो समस्या छ भने राति सुत्नु अघि एकपटक पक्कै नुहाउनुहोस् । यसो गर्दा शरिरले थकान बिर्सन्छ र राति राम्रोसँग निन्द्रा लाग्छ।

४. रोग प्रतिरोधात्मक क्षमताः
राति सुत्नु अघि नुहाउँदा रोग प्रतिरोधी क्षमता वृद्धि हुन्छ। जसका कारण शरिरले विभिन्न रोगसँग लड्न सक्षम हुन्छ। यसका साथै चिसो पानीले नुहाउँदा मुटु पनि स्वस्थ रहन्छ।

५. हाइ ब्लड प्रेसर नहुने
जसलाई हाइ ब्लड प्रेसर छ भने। उनीहरुले राति सुत्नु अघि नुहाउनुपर्छ। ज्वरो वा रक्तचाप वृद्धि हुँदा तातो पानीले नुहाउँदा फाइदा पु¥याउंछ । यसले शरिरबाट पसिना निकाल्छ जसका कारण शरिर निकै चाँडो चिसो हुन्छ।

प्रकाशन मिति–२०७५ साल साउन १८ गते शुक्रबार ।