काठमाडौं। सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ।

कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर साउन २२ गते बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रायलका सह–सचिव तथा प्रवक्ता चक्रवहादुर बुढाव्दारा हस्ताक्षरित विज्ञप्ति अनुसार मास्क नलाउनेलाई पनि कडाईका साथ कारवाही गरिने भएको छ।

होटल, रेष्टुरेन्ट तथा पार्टीप्यालेसमा सामूहिक भेला, भोज तथा सेमिनार लगायतका कार्य गर्न र गराउन पनि निषेध गरेको छ।


प्रकाशन मिति–२०७७ साल साउन २१ गते बुधवार ।