काठमाडौ। काठमाडौ उपत्यकाको सर्वाधिक लामो जात्रा मानिदैआएको पाटनको बुङ्गमती स्थित रातो मछिन्द्रनाथको रथयात्रालाई मान्ने गरेको छ। विशेषत रातो मछिन्द्रनाथको रथयात्रालाई पाटनको अत्यन्त महत्वपूर्ण पर्व तथा संस्कृतिको रुपमा लिइने गरेको छ।

??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

रातो मछिन्द्रनाथको रथयात्राको अन्तिम गन्तव्य जाउलाखेल ल्याइएपछि भोटो देखाउने प्रचलनले परापूर्वकालदेखि महत्व पाइदैआएको छ। भोटो देखाउने दिनलाई सरकारले पनि महत्व दिएर काठमाडौ उपत्यकामा सार्वजनिक विदा दिइने गरेको छ। भोलि साउन १४ गते जाउलाखेलमा रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा पर्व परेकोले नेपाल सरकार गृह मन्त्रालयले विहीवार सार्वजनिक सूचना जारी गरेर काठमाडौ उपत्यकामा सार्वजनिक विदा दिइएको जनाएको छ।

Bhoto Jatra 1

भोटो देखाउने जात्रामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तिहरु जाउलाखेल पुगेर भोटो देखाउने जात्रा नजर गर्ने परम्परा रहेको छ। परापूर्वकाल देखि सहकालका देवता रातो मछिन्द्रनाथको अगाडि उनै देवतालाई साक्षी राखेर भोटो कसको हो भनेर प्रत्येक बर्ष देखाइदै आएतापनि हालसम्म उक्त भोटो उपर कसैले दावी गर्न आएको देखिदैन । रहस्य र रोमाञ्चकताले भरिएको भोटोजात्रा पर्व प्रति सर्वसाधारणको परापूर्वकाल देखि हालसम्म पनि उतिकै आस्था र विश्वास रहेको पाइएको छ।
प्रकाशन मिति–२०७३ साल साउन १३ गते विहीवार ।