ललितपुर। सहकालको देवता रातो मछिन्द्रनाथको रथारोहण गराएको ठीक चार दिनपछि मीननाथलाई मंगलवार रथारोहण गराएको छ। पाटनको टंगलमा रहेको मीननाथलाई टंगलमा नै रथारोहण गराइएको हो।

रातो मछिन्द्रनाथको रथारोहण गराइएको चौथो दिनमा रातो मछिन्द्रनाथका साथै मीननाथको रथ यात्रा समेत हुने गर्छ। तर, कोरोना कहरका कारण यो बर्ष भने रथयात्रा अनिश्चित जस्तो बनेको छ।

लकडाउन अन्त्त्य भएपछि गत शनिवार मछिन्द्रनाथलाई तःबहालबाट खटमा राखेर पुल्चोकमा रथारोहण गराइएको थियो।


प्रकाशन मिति–२०७७ साल साउन १३ गते मंगलवार ।