काठमाडौं। ख्यातिप्राप्त हांस्य अभिनेता नारायण त्रिपाठी प्रेमचरोले सात समुद्रपार परदेश अमेरिकावाटै तीज गीत रातो साडीमा सार्वजनिक गरेका छन्। अभिनेता त्रिपाठीको आधिकारिक युट्युब च्यानल नारायण त्रिपाठी प्रेमचरोवाट तीज गीत रातो साडीमाको भिडियो सार्वजनिक भएको हो।

अमेरिकामा नै छायांकन गरिएको रातो साडीमा बोलको धमाकेदार भिडियोमा अभिनेता त्रिपाठीका साथमा निरु कार्कीको मनोरंजनात्मक अभिनय रहेको छ। नारायण त्रिपाठीकै शव्द तथा रमेश सेन्चुरीको एरेञ्ज तथा संगीत रहेको यस गीतको भिडियोको कोरियोग्राफी डीबी गुरुङले गरेका हुन। सरिता गौतमले सम्पादन गरेकी छन्। गायन नारायण त्रिपाठी, देवी आले र रमेश सेन्चुरीको रहेको छ।

हिन्दू नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा यस गीतको भिडियो सार्वजनिक गरेको जानकारी अभिनेता त्रिपाठीले भिजन संसार डटकमलाई वताएका छन्। केही समयअघिवाट नारायण त्रिपाठी प्रेमचरो च्यानलवाट विभिन्न सामाजिक सन्देश लगायत हांस्य व्यंग्य प्रस्तुत गरेर मनोथेरापी गर्दैआएका अत्यन्त सक्रिय अभिनेता त्रिपाठीले गीत गायनमा पनि छलाङ मारेका छन्। गीत गायनलाई पनि नयाँ सोच तथा स्वरुपमा आफूलाई प्रस्तुत गर्न सफल अभिनेता त्रिपाठीको यो तीज गीत गायन तथा अभिनयले तीज गीतको भिडियोमा नयाँ आयाम थप्न सफल भएका छन्।

प्रकाशन मिति–२०७७ साल साउन १७ गते शनिवार ।