काठमाडौं। नेपालको संघीय राजधानी काठमाडौंको शान तथा गौरबको रुपमा रहेको ऐतिहासिक धरोहर रानीपोखरी पूर्नरनिर्माण पश्चात चिटिक्क त बन्यो। चिटिक्क बनेको रानीपोखरीको पानीमा हरिया लेउ तथा झार उम्रन थालेपछि यसको व्युटीफिकेशनमा कुरुपता आउने देखिएपछि काठमाडौं महानगरपालिकाले यसलाई व्युटीफिकेसन गर्ने कार्य भएको छ।

काठमाडौं महानगरपालिकाले महानगरका नगर प्रहरीहरुलाई खटाएर यसको व्युटीफिकेसनमा बृद्धि गर्ने कार्य गरेको जानकारी नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताएका छन्।

सापकोटाका अनुसार, रानीपोखरीमा काठमाडौं महानगरपालिकाले दैनिक नगर प्रहरीलाई खटाएर त्यहाँको हरियो लेउ र झ्याउ हटाउने र पोखरीको प्राकृतिक सौन्दर्यता बढाउने काम गरिरहेको छ।

रानीपोखरी शुद्धीकरणको दीर्घकालीन समाधानका लागि सरोकारवाला निकायहरुसँग छलफल भैरहेको जानकारी काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले दिएका छन्।

प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले रानीपोखरी राष्ट्रिय पुनर्निमाण प्राधिकरणबाट हालसम्म काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिसकेको अवस्था नभएतापनि रानीपोखरी महानगरको क्षेत्राधिकार भित्र पर्ने भएकोले व्युटीफिकेशन गर्ने कार्य महानगरपालिकाले गरेका वताएका छन्।


प्रकाशन मिति–२०७७ साल माघ ५ गते सोमावार ।