काठमाडौ। यो बर्षको मिस नेपालमा श्रृंखला खतिवडा घोषणा भएको लगतै गत बर्षकी मिस नेपाल निकिता चण्डक नेपाली चलचित्रमा अभिनय गर्ने भएकी छन्।

नेपाली चलचित्रमा अभिनय गर्ने चाहना व्यक्त गर्दैआएकी निकिताले मिस नेपालको क्राउन पिरियड अवधिभर चलचित्रमा अभिनय गर्न नपाउने भएपछि क्राउन पिरियड सकेको लगतै चलचित्र खेल्ने घोषणा गरेकी हुन्।

मिस नेपालको क्राउन पिरियड अवधिमा नै धेरै चलचित्रवाट अफर पाएकी निकिताले चलचित्र रानी महलमा अभिनय गर्ने करिब पक्का भैसकेको छ।

निकिताले चलचित्र रानी महलको कथावस्तु रुचाएको र चलचित्र रानी महल खेल्ने सहमति जनाइसकेको चलचित्र रानी महलका प्रोडक्सन डिजाइनर गणेश सापकोटाले खुलासा गरेका छन्।

चलचित्र रानी महलका लागि निकिताले केही दिनमा नै वर्कसपमा भाग लिने भएकी छन्। त्यसपछि चलचित्र रानी महलको छायाँकनमा जाने निर्माण पक्षको भनाई रहेको छ। चलचित्र रानी महलको निर्देशन हिमाल न्यौपानेले गर्दैछन्।


प्रकाशन मिति–२०७५ साल बैशाख २ गते आइतवार