Rekha Thapa Raprapa 1काठमाडौ। नेपाली चलचित्रकी ख्यातिप्राप्त नायिका रेखा थापा पूर्वपञ्चहरुको प्रभावशाली पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनको चुनावी मैदानमा उत्रिएकी छन्।

Komal Oli

केन्द्रिय सदस्य पदको लागि उम्मेदवारी दिएकी नायिका थापाको अलावा लोकदोहरी गायिका तथा चर्चित समाचारबाचिका कोमल ओली र सशक्त संचारकर्मी प्रकाश सुवेदी पनि केन्द्रिय सदस्य पदको चुनावी मैदानमा देखिएका छन्।

Prakash Subediराप्रपाको आजको चुनावी माहोलमा यी तीन कलाकारहरुको व्यापक चर्चा तथा परिचर्चा भएको छ। तीनैजना जित्ने प्रबल संभावना भएको पनि भनिएको छ।

Rekha with Prakash Subediआज सोमवार हुनगैरहेको चुनावमा यी तीन चलचित्रकर्मीको चुनावी दौडले कतिको सार्थकता पाउने हो या होइन रु त्यो सोमवार रातिसम्म थाहा हुने नै छ।
प्रकाशन मिति–२०७३ साल फागुन ९ गते सोमवार ।