Prakash Chandra Lohani.1

काठमाडौ। पूर्वपञ्चहरुको प्रभावशाली पार्टी राप्रपा दुई टुक्रा भएको छ।

केही दिनअघि मात्र राप्रपा छाडेका पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बुधवार विधिवत रुपमा गठन भएपछि दुई टुक्रा भएको हो।

राप्रपामा कमल थापाको हावी तथा चुनाव चिन्ह गाई र हलोमा विवाद भएपछि चुनाव चिन्ह हलोमा अडान राख्दै अआएका डा.लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) नामक नयाँ पार्टी नै गठन गरेपछि राप्रपामा विखण्डन आएको स्पष्ट भएको छ।

Prakash Chandra Lohaniनवगठित एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) पार्टीका वरिष्ठ नेतामा केशरबहादुर विष्ट तथा वरिष्ठ उपाध्यक्षमा गणेश शेरचन रहेका छन्।

अन्य पदाधिकारीको मनोनयन पछि गरिने बताइएको छ। पार्टीका ७१ जना केन्द्रीय सदस्यसहितको नामावली बुधवार निर्वाचन आयोगमा पठाइएको छ। चुनाव चिन्ह हलो नै कायम गरिने भनिएको छ।
प्रकाशन मिति –२०७३ साल चैत्र १६ गते बुधवार ।