Komal Oli

काठमाडौ। नेपालमा राजनीति गर्नका लागि रेडियो नेपालको रहरलाग्दो जागिर छाडेकी प्रसिद्ध रेडियो समाचारबाचिका तथा लोकदोहरी गायिका कोमल ओलीले पूर्व पञ्चहरुको प्रभावशाली पार्टी राप्रपा पनि छाडेकी छन्। कमल थापा अध्यक्ष रहेको राप्रपा विभाजन हुंदा पनि बलियोसंग राप्रपावाटै राजनीतिक करियर अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेकी गायिका ओली चमत्कारिक ढंगवाट नेकपा एमालेमा प्रवेश गरेकी छन्।

राप्रपाको विभाजन र स्थानीय तहको निर्वाचनमा पार्टीले सन्तोषजनक जनमत नपाएपछि गायिका ओली एमालेमा प्रवेश गरेकी हुन् । आफ्नै गृह जिल्लामा पुगेर एमाले प्रवेश गरेकी ओलीसंगै काँग्रेसका स्थानीय नेता बलिभद्र राना, डिल्ली बहादुर खड्का, नयाँ शक्तीकी केन्द्रीय सदस्य निर्मला विक, राष्ट्रिय जनशक्ती पार्टीकी केन्द्रीय सदस्य कमला देउजा लगायत ५ सय बढी नेता कार्यकर्ता बिभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेका छन्।

Komal Oli.1

नवप्रवेशीलाई स्वागत गर्दै एमाले उपाध्यक्ष बामदेव गौतमले एमालेमा रहेर कहिलै पनि पश्चाताप नहुने बताए । गौतमले पाँच बर्षभित्र सबै गरिवहरुले घर प्राप्त गर्ने समेत दावी गरे। उनले अबको संघीय र प्रदेश निर्वाचनमा एमाले पहिलो पार्टी हुने दावी गर्दै पाँच बर्षमा गरिवहरुको जीवनस्तर उकासिनेसमेत बताए।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य शंकर पोख्रेलले एमालेले लिएको नीति र राष्ट्रवादी कार्यक्रमले अन्य पार्टीका नेता कार्यकर्तालाई आकर्षित गरेको बताए। जनताले परिवर्तन खोजेको र त्यसको सम्बोधन अहिले आबश्यक रहेको उनले बताए । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न गौतम र पोख्रेल हेलिकोप्टरबाट घोराही पुगेका थिए।

Komal Oli.2

प्रकाशन मिति–२०७४ साल असोज ९ गते सोमवार ।