काठमाडौं। मानव सभ्यताको उदगम स्थल इजिप्ट आफैमा सभ्यताको गौरब हो। त्यो गौरबतामा यो बडादशैंको अवसरमा विपदका देवता नै मानिएका नेपाली गायक रामकृष्ण श्रेष्ठ इजिप्ट पुगेका हुन। विश्व मानव सभ्यताको विकासलाई जोड्ने इजिप्टलाई नजिकवाट हेर्ने र बुझ्ने कार्य जीवन संगीनी रामदेवी श्रेष्ठसंग पुगेर गायक श्रेष्ठवाट भएको छ।

गायक श्रेष्ठको भनाईमा इजिप्ट अथवा मिश्र एक उत्तर अफ्रिकी राष्ट्र हो। यो राष्ट्र सिनाइ प्रायद्वीपमा अवस्थित छ र यसले अफ्रिकालाई पश्चिम एसियासँग जोड्दछ। करिब १००१४५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको इजिप्टको उत्तरमा भूमध्य सागर, उत्तर–पूर्वमा गाजा पट्टी र इजरायल, पूर्वमा लाल सागर, दक्षिणमा सुडान र पश्चिममा लिबिया पर्दछ।

इजिप्ट अफ्रिका र मध्य-पूर्वमा सबैभन्दा धेरै जनसङ्ख्या रहेका देशहरू मध्ये एक हो। यो देशको करिब ७.५४ करोड जनसङ्ख्या रहेको छ। प्रायः नाइल नदीको आसपासको ४०००० किलोमिटर क्षेत्रमा बसोबास छन्। इजिप्टभरि यो क्षेत्रमा मात्र कृषियोग्य जमीन पाइन्छ। इजिप्टमा सहारा मरुभूमि पर्दछ जहाँ जुन न्युनः मात्रामा मात्र मानव बस्ती पाइन्छ। इजिप्टको करिब आधा जनसङ्ख्या शहरी क्षेत्रमा बसोबास गर्दछन्, जस मध्ये धेरैजसो काइरो, अलेक्जेण्ड्रिया र नाइल डेल्टा वरिपरिका स्थानमा बसोबास गर्दछन्।

इजिप्ट प्राचीन सभ्यता, विश्व प्रसिद्ध गिजा पिरामिड क्षेत्र र त्यहाँ अवस्थित गिजाको ग्रेट स्फिङ्क्सको लागि प्रसिद्ध छ। इजिप्टको दक्षिणी लक्षोर नगर थुप्रै प्राचीन आर्टिफ्याक्ट जस्तै कर्नक मन्दिर र भ्याली अफ द किङ्ग्स्को लागि प्रसिद्ध छ। इजिप्टलाई मध्य पूर्वको महत्त्वपूर्ण राजनीतिक र सांस्कृतिक देशको रूपमा लिइने गरिन्छ। यतिखेर इजिप्टका कतिपय शहरहरुमा भताभुङ अवस्था रहेको छ। भूकम्प या अरु कुनै कारण भत्किएका घर निर्माण गरिएको पाइएको छैन्। शायद चर्को कर तिर्नुपर्ने कारण हो कि जस्तो लाग्छ भनेर गायक श्रेष्ठले भिजन संसार डटकमलाई बताएका छन्।

प्रकाशन मिति–२०७९ साल असोज १८ गते मंगलवार ।