Driving Tranning 1काठमाडौ। नेपालमा ड्राइभिङ्ग स्कुलको दिनानु दिन माग तथा आवश्यकता महशुश गरिएको छ। ड्राइभिङ्ग शिक्षाको अभाव र प्रतिकुलताको कारण कतिपय अवस्थामा यसको बारेमा ठोस ज्ञान नभएका सवारी चालकहरुवाट विभिन्न लापरवाही हुने गरेको छ। जसवाट गंभीर दूर्घटना हुने गरेको छ। ती दूर्घटनावाट हजारौले ज्यान गुमाइसकेको पाइएको छ। कतिपयको अवस्था अंगभंग भएर बाँच्नु र मर्नुको दोसाँधवाट गुज्रिरहेको पाइएको छ।

Driving Tranning Master Kedar Babu Kandel with Damber Thapaसडक दूर्घटना तथा लापरवाहीवाट बच्न र बचाउन ड्राइभिङ्ग शिक्षाले महत्वपूर्ण योगदान दिदै आएको तथ्यलाई नकार्न नमिल्ने जिकिर बालुवाटार स्थित गोरखाली ड्राइभिङ्ग सेन्टरका प्रवन्ध–निर्देशक केदारबाबु कँडेलको रहेको छ। विगत दुई दशक देखि ड्राइभिङ्ग शिक्षा दिनमा कटिबद्ध भएर लाग्दैआएका प्रमुख ड्राइभिङ्ग प्रशिक्षक समेत रहेका कंडेल नेपालमा एक दशक यता ड्राइभिङ्ग शिक्षा लिएर मात्र सवारी चलाउनु पर्छ भन्ने धारणाको राम्रो विकास भएको पाइएको स्वीकार्छन्। यसले गर्दा आफ्नो ड्राइभिङ्ग स्कुलमा टाढा–टाढा देखि ड्राइभिङ्गको प्रशिक्षण लिन आउनेहरुको संख्यामा दिनानु दिन बृद्धि भैरहेको कंडेल दावी नै गर्छन्।

Driving Tranning 2पहिला–पहिला मोटरसाइकल र स्कुटरको मात्र प्रशिक्षण लिनेहरुको संख्या बढी देखिने गरिएको र हिजोआज मोटर तथा कार सिक्नेहरु धेरै पाइएको कंडेल भन्छन्। विशेषत विदेशमा पढ्न जाने विद्यार्थी तथा बैदेशिक रोजगारमा जाने प्रायले ड्राइभिङ्ग सिकेर जाने भएकोले पनि ड्राइभिङ्ग सिक्नेहरुको कमी नभएको र यसको अझ बढी महत्व बढ्न थालेको कंडेलको भनाई रहेको छ।

Driving Tranning 3नेपालमा ड्राइभिङ्ग शिक्षाको तालिम दिने स्कुलहरुको संख्या लगभग १ हजार जति रहेको डीबी मोटर ड्राइभिङ्ग टे«निङ्ग सेन्टरका प्रोप्राइटर तथा प्रमुख प्रशिक्षक डम्बरबहादुर थापाले भनेका छन्। थापाका अनुसार ती मध्ये करिब २ सयको हाराहारीमा काठमाडौ उपत्यकामा त्यस्ता स्कुलहरु रहेका छन्। चार दशक अगाडि काठमाडौमा पहिलो पल्ट पुतलीसडकमा एक जना पंजावीले नेपालीहरुलाई औपचारिक रुपमा ड्राइभिङ्गको तालिम दिएको र त्यसपछि बुढाथोकी ड्राइभिङ्ग सेन्टरले विधिवत रुपमा त्यसको शुरुवात गरेको इतिहास भएको पनि थापा भन्छन्।

Driving Tranning Master Damber with Sabitri Thapaबेलायती सेनाको रहरलाग्दो जागिर छाडेर ड्राइभिङ्ग शिक्षाको महत्व र आवश्यकता महशुश गरेर यसैमा समर्पित बनेर विगत ३० बर्षदेखि यसैमा लाग्दैआएको पनि थापाले भनेका छन्। हाल थापाको साथमा उनको जीवन संगीनी सावित्री थापा पनि ड्राइभिङ्ग प्रशिक्षणमा विगत दुई दशकदेखि लाग्दैआएकी छन्। संभवत ड्राइभिङ्ग शिक्षाको तालिम दिने पहिलो महिला प्रशिक्षकमा उनी नै देखिएकी छन्।

Driving Tranning Master Kedar Babu Kandel with Damber Thapaस्वदेश तथा विदेशमा राम्रो रोजगारीको माध्यम रहदैआएको ड्राइभिङ्ग शिक्षा र तालिमको महत्वलाई ड्राइभिङ्ग सेन्टरहरुले महत्वपूर्ण योगदान दिदै आएको पाइएको छ। एकातिर रोजगारी र अर्कोतिर सडक सचेतना तथा अनुशासित एवम् नियमवद्ध ड्राइभिङ्ग शिक्षाले सडक दूर्घटनामा निक्कै कमी ल्याउने गरेको छ। यसले गर्दा सवारीको ह्याण्डल तथा स्टेरिङ्ग समाउनु अगाडि यसको शिक्षा तथा तालिम लिनु आवश्यक रहेको गोरखाली ड्राइभिङ्ग सेन्टरका प्रमुख कंडेल भन्छन्।

कंडेलका अनुसार नेपालमा मोटरसाइकल–स्कुटर सिकेवापत मासिक ५ हजार र मोटर–कार सिकेवापत १६ हजार शुल्क लिइने गरेको छ। एक महिनामा पोख्न बनाएर सवारी चालक अनुमति पत्र लिन सक्षम बनाइने कंडेलको दावी रहेको छ।
प्रकाशन मिति–२०७३ साल जेठ २० गते विहीवार ।