काठमाडौ। नेपालका राष्ट्रकवि माधवप्रसाद घिमिरे आज असोज ७ गतेवाट ९७ बर्ष पूरा गरेर ९८ बर्षमा प्रवेश गरेका छन्। वि.सं.१९७६ साल असोज ७ गतेका दिन लमजुङ्गको बाहुनडांडामा जन्मेका राष्ट्रकवि घिमिरे बढ्दो उमेरमा पनि साहित्य सिर्जनामा तल्लिन देखिन्छन्।madhav-prasad-ghimire

विशेषत राष्ट्रकवि घिमिरे स्वच्छन्दवादी भावधारा र परिस्कारवादी शैलीका अग्रज स्रष्टा हुन्। घिमिरेले बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीति नाटक, कथा, अनुवाद लेख जस्ता अनेक विधा तथा उपविधाहरुमा कलम चलाउदै आएका छन्। उनी यसअर्थमा बहुमुखी प्रतिभाका धनी स्रष्टा पनि हुन्।
प्रकाशन मिति–२०७३ साल असोज ७ गते शुक्रबार ।