काठमाडौं। नेपालका नेपाली राष्ट्रकवि माधवप्रसाद घिमिरे १ सय बर्ष पुगेका छन्। आज आइतवारवाट राष्ट्रकवि घिमिरे १ सय वर्षमा प्रवेश गरेका हुन्।

१ सय वर्ष पुगेको अवसरमा राष्ट्रकवि घिमिरेले लैनचौरस्थित निवासमा केक काटेर जन्मदिन मनाएका छन्। राष्ट्रकवि घिमिरेलाई जन्म दिनको शुभकामना दिन जानेहरुको विहान राष्ट्रकविको निवासमा ओइरो नै लागेको थियो।

यसक्रममा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी पनि राष्ट्रकवि निवास पुगेर शुभकामना दिएकी छन्। विसं १९७६ असोज ७ गते लमजुङको बाहुनडांडामा जन्मिएका घिमिरेका ‘गौरी’ शोककाव्यसहित ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नर किन्नरी’ लगायतका साहित्यिक कृति प्रकाशित छन्।


प्रकाशन मिति–२०७५ साल असोज ७ गते आइतवार ।