Madhav Ghimireकाठमाडौ। वि.सं.२०६० सालयता नेपालको राष्ट्रकवि घोषणा गरिएपछि राष्ट्रकवि माधव घिमिरेलाई नेपाल सरकारले मासिक बृतिको रुपमा नगद १५ हजार प्रदान गरिदैआएकोमा अव आउने साउन महिनावाट १० हजार थप गरेर २५ हजार दिइने भएको छ। नेपाल सरकारको मन्त्रीपरिषदको निर्णयवाट राष्ट्रकवि घिमिरेलाई मासिक २५ हजार दिने निर्णय गरेको छ।

राष्ट्रकवि घिमिरेले आफूलाई मासिक नगद १५ हजार अपुग भएको कुरा खुलेरै प्रधानमन्त्री केपी शर्मा ओलीलाई डेढ महिनाअगाडि भनेको बताएका छन्। प्रधानमन्त्री ओलीलाई भनेको डेढ महिनाको लगतै आफूलाई २५ हजार सरकारले दिने निर्णय गरेकोमा प्रधानमन्त्री ओली र ओली नेतृत्वको सरकारलाई राष्ट्रकवि घिमिरेले आभार प्रकट गरेका छन्। ९८ बर्षका राष्ट्रकवि घिमिरेले स्रष्टा प्रति सरकारको यसप्रकारको सम्मान निक्कै नै सह्रानिय भएको बताउंदै अव आफू उप्रान्त बन्ने कोही पनि राष्ट्रकविले सोही अनुरुप सम्मान पाउने सिस्टम बन्ने भन्छन्।

Jhamak Kumari GhimireByakul Maila

राष्ट्रकवि घिमिरेले सरकारवाट प्राप्त भत्तालाई ओखतीमूलो, सवारी यातायात र तरकारी किन्नेमा खर्चिदै आएको बताएका छन्।

राष्ट्रकवि घिमिरेको अलावा राष्ट्रगानका रचयिता व्याकुल माहिला र अपाङ्गता भएका साहित्यकार झमक घिमिरेलाई पनि नेपाल सरकारले मासिक नगद २५ हजार भत्ता प्रदान गरिदै आएको छ। साहित्यकार झमक घिमिरेले ओली नेतृत्वको सरकारले गत २०७३ साल बैशाख महिनावाट मासिक २५ हजार भत्ता प्रदान गरिदै आएको थियो भने, व्याकुल माहिलालाई सुशील कोइराला नेतृत्वको सरकारको पालादेखि २५ हजार भत्ता प्रदान गरिदैआएको थियो।
प्रकाशन मिति–२०७३ साल असार १८ गते शनिवार ।