काठमाडौं। राष्ट्रिय झण्डा राष्ट्रको गौरब तथा शान हो। यो गौरबता र शानलाई कायम गर्न र गराउन आम नेपालीको कर्तव्य हो। रातो चन्द्र र सूर्य अंकित विश्वकै अतुलनिय नेपालको राष्ट्रिय झण्डा आम नेपालीको गौरब अनि शान हो।

यो गौरब तथा शानमा कही कतै आँच आउने कसैले गरेपनि सह्य हुंदैन। यसैसन्दर्भमा नेपालका शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले नेपालको शान तथा गौरब राष्ट्रिय झण्डाको पूजाआजा गरेर आफ्नै घर–निवास बालाजु बाइपासमा राष्ट्रिय झण्डा फर्रफराउने कार्य भएको छ।

नेपालका मन्त्रीहरुमा नेपालको राष्ट्रिय झण्डालाई पण्डित राखेर पूजाआजा गरेर सम्मान सहित झण्डोलतन गर्ने र गराउने मन्त्रीमा रामबीर मानन्धर नै संभवत पहिलो मन्त्री बन्न पुगेका छन्। काठमाडौंवाट निर्वाचित शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर काठमाडौंको मात्र नभइकन नेपालकै गौरब तथा शानको रुपमा यो कार्यवाट परिचित वन्न पुगेका छन्।

राज्यमन्त्री मानन्धरले राष्ट्रिय झण्डाप्रति आफ्नो बचपनदेखिको लगाव अनि अगाध प्रेमका कारण राष्ट्रिय झण्डाको पूजाआजा गरेर फर्रफराउने कार्य गरेको प्रतिक्रिया दिएका छन्।


(खगेश रञ्जितकारको रिपोर्टका आधारमा।)

प्रकाशन मिति–२०७७ साल असार ७ गते आइतवार ।