काठमाडौं। नेपालवाट राजतन्त्र गएको १२ बर्ष भैसकेको छ। तर, राजाको झल्कोमा कमी आएको छैन्। नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीको कही कतै सवारी हुनासाथ राजतन्त्रमा जस्तै सडक नै बन्द गरेर नेपाली जनतालाई दुःख दिने कार्य गणतन्त्रमा पनि भएको छ।

आर्थिक बर्ष २०७६–०७७ सालको सरकारी नीति तथा कार्यक्रमका वारेमा संवोधन भाषण गर्न संघीय संसद सचिवालयमा आतेजाते गर्ने क्रममा शुक्रवार काठमाडौंका सडक प्राय जस्तो ठप्प नै गरियो। राष्ट्रपतिको आतेजाते सडकमा घण्टौ सडकका सवारीलाई रोकेर हैरान बनाउने कार्य भयो। जसले गर्दा कति आपतमा परेकाहरु अझ आतिन वाँध्य बने। कोही टाइममा पुग्न सकेन। कोही सडकमा नै अलपत्र परेर सेल्फी फोटो खिचेर टाइम पास गरिरहेको पाइए।

सवैले राष्ट्रपतिलाई महारानी बन्ने कोशिश गरेको भनेर गाली गरिरहेको पनि पाइयो। गणतन्त्र नेपालमा नेपाली जनताले चुनिएर पठाएको नेपाली जनताकै छोरी राष्ट्रपति बनेको बेलामा नेपाली जनताले उनी आएको बेलामा दुःख पाउनु अवश्य पनि राम्रो होइन्। सडकका सवारीहरुलाई ठप्पै रोकेर ट्राफिक जाम बनाउने कार्य निश्चित रुपमा राम्रो हाृेइन।

राजारानीलाई जस्तै राष्ट्रपतिलाई राजकीय सम्मान दिनु भनेको अर्को राजतन्त्रको सिर्जना गर्नु हो। नेपाली जनताको शासनमा नेपाली जनतालाई सुरक्षाको नाममा नेपाली जनतालाई सडकमा घण्टौ उभ्याएर सास्ती दिनु भनेको राजतन्त्रलाई प्रशय दिनु बराबर हो। राजतन्त्रमा जनतालाई अति दुःख भयो भनेर राजतन्त्र फाल्ने नेपाली जनतालाई फेरि जनताकै शासनमा यसरी सडकमा दुःख पाउनु असाध्यै पीडाको विषय हो।

यो पीडालाई नेपाल सरकारले आत्मसात गर्नु अत्यन्त आवश्यक छ। अर्कोतर्फ, राष्ट्रपतिको विदेश भ्रमणको बेलामा पनि नेपाली हवाई आकाश नै ठप्प गरेर हवाई यात्रुहरुलाई दुःख दिने तथा नेपाल उत्रन लागेका कतिपय विमान अन्य देशमा ल्याण्ड गर्न बाँध्य पार्ने तथा धेरैबेर आकाशमा नै होल्ड गराउने जस्ता कार्य अत्यन्त अप्रिय कुरा हो। यस कुराको जानकार स्वयं राष्ट्रपति विद्यादेवी भण्डारी आफै हुनु पर्छ।

नेपाली जनतालाई आफूलाई दिएको सुरक्षा तथा सुविधाको कारण धेरै दुःख भएको छ भन्ने थाहा पाएर त्यस्ता गलत कार्यको विरुद्ध राष्ट्रपति आफै उत्रिएर नेपाली जनतालाई सुविधा दिनु आवश्यक छ। नियममा सुविधा छ भन्दैमा नेपाली जनतालाई पर्न जाने दुःखलाई आत्मसात गरेर त्यो गलत नजिरलाई हटाउनु आवश्यक छ।

अर्कोतर्फ संसदमा संवोधन गर्ने क्रममा मेरो सरकार भनेर गरेको संवोधनको पनि विरोध भएको छ। राजतन्त्रको बेलामा मात्र संसदमा संवोधन भाषण गर्नेबेलामा मेरो सरकार भन्ने प्रचलनलाई नेपाली जनताको सरकारको पालोमा पनि मेरो सरकार भन्नुको अर्थ राष्ट्रपतिले आफूलाई रानी भएको महशुश गरेको कटाक्ष नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गरेका छन्। यसबाट राजतन्त्रकालको झल्को आएको शर्माको टिप्पणी रहेको छ ।

प्रवक्ता शर्माले ट्विट गर्दै राजतन्त्र विदा गरेका नेपाली नागरिकलाई ‘रानी’ बोक्ने कुनै रहर छैन भनेका छन्। उनले लेखका छन्, ‘राष्ट्रपतिलाई राष्ट्रपतिनै रहन दिऊ सरकार, राजतन्त्र विदा गरेका नेपाली नागरिकलाई ‘रानी’ बोक्ने कुनै रहर छैन ! दशैंको टीका प्रकरण अनि आजको ‘मेरो सरकार’ सामान्य त्रुटि विल्कुलै होइन! ’

यसअघिका नीति तथा कार्यक्रमा प्रस्तुत गर्दा राष्ट्रपति भण्डारीले ‘यस सरकार, संघीय सरकार वा नेपाल सरकार’ भन्ने गरेकी थिइन् । तर, यसपालीको नीति तथा कार्यक्रममा राष्ट्रपति भण्डारीले पहिलोपटक ‘मेरो सरकार’ भनेकी हुन्। यस्ता त्रुटिलाई सच्याएर राष्ट्रपति भण्डारी अगाडि बढ्नु आवश्यक छ।
प्रकाशन मिति–२०७६ साल बैशाख २० गते शुक्रवार ।