काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट लिएको शपथविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले मंगलबार खारेज गरेको छ। न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले राष्ट्रपति भण्डारीको शपथसम्बन्धी विवादको रिट निवेदन खारेज गरेको हो।

अवकाशप्राप्त प्रधानन्यायाधीशले राष्ट्रपति भण्डारीलाई शपथग्रहण गराउनु असंवैधानिक भएको उल्लेख गर्दै अधिवक्ताद्वय नारायण खरेल र हेममणि सुवेदीले गत चैत १४ गते रिट निवेदन दायर गरेका थिए।

रिट निवेदनमा न्यायपरिषदमा भएको तत्कालीन प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रअनुसार गत साउन २१ गते नै उमेर हदले ६५ वर्ष पुगेको हुँदा उनले खुवाएको शपथग्रहण गैरकानुनी भएको उल्लेख गरिएको थियो।
प्रकाशन मिति–२०७५ साल बैशाख ४ गते मंगलवार ।