Bidhya Devi Bhandari-Presedent of Nepal, giving teeka of Bijaya Dashami.
Bidhya Devi Bhandari-Presedent of Nepal, giving teeka of Bijaya Dashami.

काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ०८:४५ बजेको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका लगाएकी छन्। राष्ट्रपतिलाई उनले शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै जमरा र नवदुर्गाको प्रसाद प्रदान गरेका थिए।

bidhya-devi-in-teeka

सो अवसरमा राष्ट्रपतिका पुरोहित पण्डित खेमचन्द्र ढकाल पनि उपस्थित थिए। सोही अवसरमा राष्ट्रपति भण्डारीलाई उनका काका काकी खगेन्द्र पाण्डे र ज्ञानु पाण्डे तथा जयन्त पाण्डे र सावित्री पाण्डेले पनि टीका लगाइदिए। राष्ट्रपति भण्डारीले पनि छोरी उषाकिरणलाई टीका लगाइदिइन्। साथै, सोही अवसरमा राष्ट्रपतिले पनि आफ्ना परिवारका अन्य सदस्य तथा आफन्तहरुलाई टीका लगाइदिएकी थिइन्।

Past King Gyanendra Shah giving Teeka of Dashain in his resedency Nirmal Niwash.
Past King Gyanendra Shah giving Teeka of Dashain in his resedency Nirmal Niwash.

राष्ट्रपतिले सर्वसाधारणलाई दसैँको टीका अपरान्ह २ बजेदेखि साँझ अबेर ६ बजेसम्म लगाइदिएकी छन्। राष्ट्रपति निवास महाराजगञ्जवाट १ किलोमिटरको दूरीमा पनि नरहेको पूर्वराजा ज्ञानेन्द्र शाहको निर्मल निवासमा टीका लगाउन जाने राजावादीहरुको घुइँचो नै लाग्यो। पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलले राजावादी नेता कमल थापा देखि सर्वसाधारण सवैलाई दशैंको टीका लगाइदिएका छन्।

Past Prime Minister of Nepal, KP Sharma Oli giving Teeka & Jamara of Bijaya Dashami in his home Balkot Bhaktapur.
Past Prime Minister of Nepal, KP Sharma Oli giving Teeka & Jamara of Bijaya Dashami in his home Balkot Bhaktapur.

भक्तपुरको बालकोटमा नौ महिने शासन कालमा अत्यन्त लोकप्रिय बनेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकोमा टीका लगाउन जानेहरुको पनि बेग्लै भीड देखियो। एमालेका नेता तथा कार्यकर्ता र सर्वसाधारणलाई दशैंको टीका लगाइदिने कार्य ओलीवाट भयो।
प्रकाशन मिति–२०७३ साल असोज २५ गते मंगलवार । विजया दशमी ।