Bidhya Bhandari 1काठमाडौ। नेपालकी प्रथम महिलाराष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशनको आह्यन गरेकी छन्।

नेपालको संविधानको धारा २९६ को उपधारा (६) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा वैशाख २१ गते मङ्गलबार बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ वानेश्वरमा व्यवस्थापिका–संसद्को दोस्रो अधिवेशन राष्ट्रपतिले आह्वान गरेकी हुन्।

व्यवस्थापिका–संसद्का महासचिव मनोहरप्रसाद भटृराईको हस्ताक्षरमा प्रकाशित सूचनाअनुसार उक्त मिति, समय र स्थानमा संसद् सदस्यहरुको उपस्थितिका लागि व्यवस्थापिका-संसद सचिवालयले अनुरोध पनि गरेको छ । रासस

प्रकाशन मिति–२०७३ साल बैशाख १५ गते बुधवार ।