काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतिक्षित राष्ट्रियसभा निर्वाचन अध्यादेश प्रमाणीकरण गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गरेलगत्तै राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेको हो।प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति देउवालाई विहान शितल निवासमा बोलाएर राजनीतिक निकासका लागि अध्यादेश प्रमाणीकरण गर्न लागेको जानकारी गराएकी थिइन्।

राष्ट्रिय सभा गठनमा एकल संक्रमणीय व्यवस्था गरिएको अध्यादेश प्रधानमन्त्री शेरवहादुर देउवाले २ महिना भन्दा लामो समयदेखि राष्ट्रपतिकोमा अड्कीएको थियो।

असोज अन्तिम साता संसद विघटन भएपछि सरकारले अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपतिको पठाएको थियो। तर अध्यादेश जस्ताको तस्तै पारित गर्नुपर्ने कांग्रेसको अडान तथा बहुमतीय प्रणाली अपनाउनुपर्ने नेकपा एमालेको दबाबका कारण अध्यादेश प्रमाणीकरण नगर्दा राष्ट्रपति नै विवादमा तानिएको थियो।
प्रकाशन मिति–२०७४ साल पुष १४ गते शुक्रबार ।