काठमाडौं। सम्मानित सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेपछि पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली वीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली बिहीबार साँझ शीतल निवास नै पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन।

सर्वोच्च अदालतले संसद पुनःस्थापनासँगै १३ दिनभित्र संसदको पहिलो बैठक बोलाउन राष्ट्रपति र प्रधानमन्त्रीका नाममा निर्देशनात्मक आदेश गरेपछि शीतलनिवास पुगेका प्रधानमन्त्री ओलीले आगामी राजनीतिक कदमबारे छलफल गर्न राष्ट्रपति भण्डारीसँग भेट गरेको हो।

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच संसदको बैठक कहिले आव्हान गर्ने भन्नेबारे छलफल भएको बुझिएको छ । राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब डेढ घण्टा कुराकानी भएको समाचार स्रोतको भनाइ रहेको छ।
प्रकाशन मिति–२०७७ साल फागुन १४ गते शुक्रवार ।