bidhya-devi-bhandariकाठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले यो बर्षको विजया दशमीको दिन सर्वसाधारण सवैलाई टीका लगाइदिने भएकी छन्।

टीकाको लागि राष्ट्रपति कार्यालय शीतल निवासले जनाएअनुसार यही असोज २५ गते विजया दशमीको दिन राष्ट्रपति भवन शीतल निवासको १ नंवरको व्दार खुल्ला गरिने भएको छ।

राष्ट्रपति भण्डारीले विशिष्ट महानुभावहरुलाई अपरान्ह १ बजेदेखि २ वजेसम्म र अन्य इच्छुक सर्वसाधारणका लागि २ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने भएकी छन्।
प्रकाशन मिति–२०७३ साल असोज २२ गते शनिवार ।