bidhyadevibhandariकाठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवाहको चतारो परेको छ। राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीको विवाहको चतारो राष्ट्रपति निवास शीतल निवासमा देखिएको छ।

विवाहको लगभग सवै तयारी पूरा भैसकेको र विवाहको लगन सोमवारलाई जुराइएको राष्ट्रपति निवासले जनाएको छ। निशाकुसुमको गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवका भतिजा अभिषेकसँग विवाह हुन लागेको हो।

Nisha Kushum Bhandari

दुलाहा बन्न लागेका अभिषेक पूर्वराष्ट्रपति यादवकी भतिजी एवं महोत्तरीबाट निर्वाचित सांसद किरण यादवका छोरा हुन् । दुई महिनाअघि नै दुलाहा, दुलहीबीच शीतल निवासमै इंगेज्मेन्ट (टीकाटालो) भएको थियो ।

विद्यालय तहदेखिका सहपाठी अभिषेक र निशाकुसुमबीच विवाहको प्रसंग केही वर्षदेखि नै चलेको थियो । अध्ययनलगायत कारणले पछि सरेको हो । समावेशीको नमुनासमेत रहेको यस विवाहले पूर्व र वर्तमान राष्ट्रपति परिवारलाई पारिवारिक साइनोमा बाँधेको छ।
प्रकाशन मिति–२०७३ साल माघ २ गते आइतवार ।