काठमाडौं। आवाज, दशगजा, भीमदत्त जस्ता राष्ट्रवादी चलचित्र निर्माण गरेर राष्ट्रवादी नायक तथा निर्देशक वनेका नवल खड्काले अर्को राष्ट्रवादी चलचित्र काँडेतार निर्माण गरेका छन्। राष्ट्रवादी नायक तथा निर्देशक खड्काले चुपचाप कसैलाई थाहासम्म पनि नदिइकन राष्ट्रवादी चलचित्र काँडेतारको छायाँकन संपन्न गरेको खुलासा भएको हो।

छिमेकी मुलुकसंग खुला सिमानाकै कारण मुलुकमा आएका विभिन्न अवरोध तथा समस्याको समाधान भनेकै सिमानामा काँडेतार लगाउनु नै हो भन्ने मूलविषय वोकेको चलचित्र काँडेतारको इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरका विभिन्न स्थानहरुमा छायाँकन गरिएको जानकारी राष्ट्रवादी नायक तथा निर्देशक खड्काले भिजन संसार डटकमलाई दिएका छन्।

सत्यकला राई कार्यकारी निर्माता रहेको राष्ट्रवादी चलचित्र काँडेतारको लेखन शिवम् अधिकारी र नवल खड्काको रहेको छ। नवल खडका, गौरव पहाडी, रेविका गुरूङ्ग, प्रशान्त यादव, सुरविना कार्की, मुरलिधर, संजय खतिवडा, ज्ञानेन्द्र कोईराला,रोमियन लिम्बु, प्रेम सुब्बा, परशुराम चौधरी, पुष्प श्रेष्ठ, महेश गिरी, रवि शाह, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल चौधरी, अन्जु केसी, खेम नेपाली, रामविश्वास थारू, मातृका घिमिरे, रितु चौधरी, रामेश्वर बुर्लाकोटी, प्रतिक श्रेष्ठ, प्रेम कार्की, छवि बैरागी घिमिरे लगायतका कलाकारहरुको बुलन्द अभिनय रहेको छ । त्यस्तै बाल कलाकारमा नादिया खड्का र सनया खड्काको विशेष भूमिका देख्न सकिन्छ।


प्रकाशन मिति–२०७८ साल पुस ११ गते आइतवार ।