Bimal Gharti Magar with his sister Manisha 1काठमाडौ। राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरकी बहिनी मनीषाको शंकास्पद मृत्युबारे संसदीय समिति र सांसदहरूले चासो राखेका छन् ।

संसदमा शुक्रबार विशेष समय लिएर बोल्ने सत्तापक्ष र प्रतिपक्षी सांसदहरूले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।

विशेष समय र शून्य समयमा बोल्ने सांसदहरू विक्रम खनाल, दिलशोभा पुन, कृष्णप्रसाद पौडेललगायत सांसदहरूले घटनाको सूक्ष्म छानबिन गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गरेका हुन् ।

Bimal Gharti Magar with his Mom

मृतकको शरीरमा नीलडाम देखिएको उल्लेख गर्दै त्यस क्षेत्रका सांसदरूले प्रारम्भिक अनुसन्धान र अवलोकनका आधारमा मनीषाको हत्या भएको आशंका गरेका हुन् । हत्यामा संलग्न रहेको आशंकामा उनका प्रेमी दाबी गरिएका रुद्रनारायण चौधरीसहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रकाशन मिति–२०७३ साल जेठ १४ गते शुक्रबार ।