Chalchitra Nirmata Sangha Nepal 1

काठमाडौ। चलचित्र निर्माता संघ नेपालले राष्ट्रिय चलचित्र नीति २०७१ कार्यन्वयन बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमवार पाँच बुदे उदेश्य सहित नेपाल पर्यटन बोर्डमा सम्पन्न अन्तरक्रियामा नेपाली चलचित्रको स्तर वृद्धि, बक्स अफिस लागू र मौलिक चलचित्र हुनु पर्ने तथा राष्ट्रिय चलचित्र नीति २०७१ कार्यन्वयन हुनुपर्ने कुरामा कडाईका साथ जोड दिएका छन्।

Chalchitra Nirmata Sangha Nepal 2

अरबौ लगानीमा बन्ने भारतीय चलचित्र र नेपाली चलचित्र वीच तुलना गर्न नहुने, भारतीय चलचित्र उद्योगले नेपाली चलचित्र उद्योगलाई सखाप पार्न षडयन्त्र गर्दैआएको र नेपालमा भारतीय चलचित्र जसरी चलाउन पनि एकदम स्वतन्त्रता पाएको तर भारतमा नेपाली चलचित्र चलाउन अत्यन्त कठिनाई रहेको पनि वक्ताहरुले टिप्पणी गरेका छन्। राष्ट्रिय चलचित्र नीति कार्यन्वयन नहुंदा त्यसको असर समस्त चलचित्रकर्मीहरुमा परेको कडा टिप्पणी सहित आक्रोश पनि बरिष्ठ चलचित्र अभिनेता हरिहर शर्माले पोखेका छन्।

Chalchitra Nirmata Sangha Nepal 3

आयोजक चलचित्र निर्माता संघ नेपालका अध्यक्ष नवल खड्काले राष्ट्रिय चलचित्र नीति कार्यान्वयन गर्न एकढिक्का भई अघि बढ्नु पर्ने र आवश्यकता अनुसार संघर्ष गर्दै जाने क्रान्तिकारी लक्ष्य रहेको बताए। कार्यक्रममा चलचित्र विकास बोर्डका संस्थापक अध्यक्ष यादब खरेल, हरिहर शर्मा, विश्व बस्नेत,महेश खड्का, मोहन निरौला, लय संग्रौला, सुस्मीता केसी, डा.घनश्याम खतिवडा, बोर्डका पूर्वअध्यक्ष इश्वर चन्द्र ज्ञवाली, सूचना तथा सञ्चार मन्त्रालयका उप–सचिब गुणराज श्रेष्ठ लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुले आ–आफ्ना धारणा राखेका थिए।

Chalchitra Nirmata Sangha Nepal 4प्रकाशन मिति–२०७३ साल फागुन २ गते सोमवार ।