Rastriya Yuba Parishad Nepalकाठमाडौ। राष्ट्रिय युवा परिषदले निकट भविष्यमा युवा सीप दिवस मनाउने भएको छ। १६ बर्षदेखि ४० बर्ष उमेर समूहका युवाहरुका सीप तथा प्रतिभा त्यस दिवसमा प्रदर्शन गराइने परिषदले जनाएको छ।

त्यसका लागि निवेदन आव्हान भैसकेको छ। काठमाडौ जिल्लामा बसोबास गर्ने त्यस उमेर समूहका युवाहरुले आफूले प्रदर्शन गर्ने सीप तथा प्रतिभाको बारेमा उल्लेख गरेर यही चेत्र १० गतेभित्र निवेदन दिन राष्ट्रिय युवा परिषद जिल्ला युवा समितिको कार्यालय काठमाडौकी कार्यालय प्रमुख कमला ज्ञवालीले भनेकी छन्।

काठमाडौ जिल्लाको परिकल्पना उद्यमशील युवाहरुको सपना नारासहित युवाहरुलाई उद्यमशील बनाउन जिल्ला युवा समितिको कार्यालय कटिबद्ध रहेको जानकारी पनि कार्यालय प्रमुख ज्ञवालीले भिजन संसारसंगको कुराकानीमा दिएकी छन्।

फरक सोच र फरक शैली बोकेका क्षमतावान युवाहरुको सपना पूरा गर्ने तथा उनीहरुलाई उद्यमशील बनाएर अगाडि बढाउने सोच अनुरुप जिल्ला युवा समितिको कार्यालय काठमाडौ क्रियाशील रहेको पनि कार्यालय प्रमुख ज्ञवालीको भनाइ रहेको छ।

विद्यमान युवा बेरोजगारलाई अन्त गर्नको लागि विभिन्न कार्यक्रमहरु तर्जुमा भैरहेको र त्यसमा काठमाडौका लाखौ युवाहरुलाई संलग्न गराएर उनीहरुलाई सीपवान बनाएर रोजगार बनाउने जिल्ला युवा समिति काठमाडौले प्रमुख लक्ष्य नै लिएको जिकिर कार्यालय प्रमुख ज्ञवालीको रहेको छ।

Rastriya Yuba Parishad 1kathmandu DYC 001

प्रकाशन मिति–२०७३ साल चैत्र २ गते बुधवार ।