काठमाडौं। राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा बिकास केन्द्रद्वारा राष्ट्रिय सम्मान तथा अपाङ्गता सहायक सामग्री वितरण कार्यक्रम संपन्न भएको छ। शनिवार काठमाडौंको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा उक्त कार्यक्रम संपन्न भएको हो।

संस्थाको अध्यक्ष नीलकण्ठ पौडेल सभापतित्वमा र उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवको प्रमुख अतिथिमा सम्पन्न भएको थियो। केन्द्रले १ करोडको अपाङ्गता अक्षय कोषको समेत स्थापना गरेको छ।

कार्यक्रममा अपाङ्गताको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्नुका साथै अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचियर र वैशाखीसमेत वितरण गरिएको थियो।

कार्यक्रममा महानगरीय प्रहरी आयुक्त एस एस पी श्याम ज्ञवाली ,उर्मिला डंगोल ,कमल कटुवाल ,रबिन प्रसाद थपलिया ,सरिता थुलुङ,आशिका तामाङ लगाएतको उपस्थिति थियोे। कार्यक्रममा रमा न्यौपाने र निलम ढुंगानाको एउटा खुट्टाले गरेको नाचको बिशेष आकषर्ण प्रस्तुति रहेको थियो।
प्रकाशन मिति–२०७६ साल मंसीर १४ गते शनिवार।