काठमाडौ। नेकपाको घटक संस्था जिफन्ट आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको ३ नंबर प्रदेश कमिटीको आयोजनामा दक्षता अभिबृद्धि कार्यक्रम भएको छ। शनिवार काठमाडौंको नेपाल प्रज्ञाप्रतिष्ठानको पुस्तकालय गोलघरको सभाकक्षमा दक्षता अभिबृद्धि कार्यक्रम भएको हो।

कार्यक्रममा विशेषत राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल आवद्ध व्युटीसियनहरुको दक्षता अभिबृद्धि गर्ने कार्य भएको थियो। जसमा २ सय ५० जना व्युटीसियनहरुको सहभागिता भएको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका केन्द्रिय सदस्य गंगा ज्यों श्रेष्ठले भिजन संसार डटकमलाई बताएकी छन्।

अग्रज मेकअप आर्टिष्ट समेत रहेकी ख्यातिप्राप्त व्युटीसियन गंगा ज्यों श्रेष्ठले यसप्रकारको कार्यक्रमले व्युटीसियनहरुको दक्षता अभिबृद्धि गर्न सहयोग गरेको जिकिर गरेकी छन्।

दक्षता अभिबृद्धि कार्यक्रममा बेरिना कस्मेटिक प्रोडक्ट कंपनीले व्युटीसियनहरुलाई विशेष दक्षता अभिबृद्धि गर्ने तालिम प्रदान गरिएको थियो। कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियनमा विशेष योगदान दिने अग्रज व्युटीसियनहरुलाई सम्मान पनि प्रदान गरिएको थियो।


प्रकाशन मिति–२०७६ साल असार २१ गते शनिवार ।