काठमाडौं। राहतको नाममा राजनीति गर्ने राजनीति गर्नेहरुले विषम परिस्थितिलाई क्यास गरेर स्थानीय भोटरहरुको मन जित्न इन्भेष्ट अर्थात लगानी गर्ने कार्य भैरहेको छ। राहतको नाममा गर्ने राजनीतिकर्मीहरुले यसप्रकारले गर्दैआएको इन्भेष्ट अर्थात लगानीले गर्दा राहतमा विकृति आएको छ।

सकेको सहयोग दिनु राम्रो हो। तर, राजनीति गर्ने राजनीतिज्ञहरुले भोटर एरियामा मात्र पुगेर जहाँवाट आफूलाई भविष्यमा भोट आउने निश्चित भएको स्थानमा तँछाड–मछाड गरेर चामलको बोरा समातेर फोटो खिच्ने र खिचाउने कार्य सही रुपमा राहतको नाममा राजनीतिको लागि लगानी हो भनेर नेपाली राजनीतिक विश्लेषक तथा सामाजिक अभियन्ता युद्ध विक्रम तामाङको ठहर रहेको छ।

राजनीतिक विश्लेषक तथा सामाजिक अभियन्ता युद्ध विक्रम तामाङ सिन्धुपाल्चोक लगायतका कतिपय स्थानमा हेलिकप्टर नै चार्टर गरेर राहत वितरण गर्ने कार्यमा तछाँड मछाँड गरिरहेको पाइएको खुलासा गर्दै त्यसप्रकारका कार्य निश्चित रुपमा राजनीतिक लगानी हो भनेर जोड दिन्छन्। भोटरहरुलाई कुन तरीकाले कसरी आगामी निर्वाचनमा आफूतिर आकर्षित पार्न राजनीति गर्ने नेताहरुको कुटिल चाललाई समयमा नै भोटर नेपाली जनताले चिन्नु आवश्यक भैसकेको र यदि नचिनेमा भविष्यमा ठूलो धोका हुने ठहर पनि राजनीतिक विश्लेषक तथा सामाजिक अभियन्ता युद्ध विक्रम तामाङको रहेको छ।

नेपाली जनतालाई महाभूकम्प, कोरोना कहर, बाढीपहिरो लगायतका विपदको विषम परिस्थितिलाई क्यास गरेर धमिलो पानीमा माछा मार्ने मूसा प्रवृतिका नेताहरुले नेपाली जनताको भावनामा खेलवाड गर्ने कार्य भैरहेको छ।
ती नेताहरुले आफ्नो भोटर लाइनवाट पर गएर राहत वितरण गर्दैनन्। उनीहरुमा समाज सेवा भन्दा भोट कसरी आउंछ र आफू कसरी कुर्सीमा पुग्न सकिन्छ भन्ने मात्र ध्याउन्नो हुने गर्दछ। उनीहरुले बाँडेका २० किलो चामल र केही नून–तेल लगायतको राहतले नेपाली जनताका अमूल्य भोटलाई सस्तो रुपमा किन्छन्। अनि, कुर्सीमा पुगेपछि त्यही राहतको नाममा गरेको लगानीले नेपाली जनतावाटै तेल निकाल्ने नेताहरुवाट सावधान हुन पनि राजनीतिक विश्लेषक तथा सामाजिक अभियन्ता युद्ध विक्रम तामाङले आग्रह गरेका छन्।

राजनीतिक विश्लेषक तथा सामाजिक अभियन्ता युद्ध विक्रम तामाङका अनुसार, राजनीति गर्ने नेताहरुले आफ्नो गाउँ–ठाउँ तथा समाजमा राहत नै बाँड्न नपर्ने गरेर विकास गर्न सक्नु पर्दछ। गरिबीको रेखामुनी रहेका नेपाली जनताको गरिबीलाई जसरी भएपनि उकास्ने सही राजनीति गर्न सक्नु पर्दछ। यसो भएमा सही राजनीति हुने गर्दछ। पदमा तथा कुर्सीमा पुगेको बेला पहिला लगानी गरेका रकम नउठेसम्म अनेक अनेक स्थानवाट सोझै तथा घुमाएर नेपाली जनतावाटै उठाउने अझ नाफाको व्यापार गर्ने चलाख नेताहरु नेपालमा रहेसम्म नेपालको विकास हुन धेरै समय लाग्छ।

यो ध्रुब सत्य कुरामा अव कुनै नेपाली जनता अछुतो नभएको अवस्थामा अझपनि राहतको नाममा राजनीति गर्ने नेताहरुको कारण माछा जालोमा परेजस्तै सोझासिधा नेपाली जनता पर्दैगएको कैयन यथार्थता रहेको तर्क पनि राजनीतिक विश्लेषक तथा सामाजिक अभियन्ता युद्ध विक्रम तामाङको छ। तामाङले विपदको बेला राजनीतिक स्वार्थ त्यागेर राहत दिनु ठूलो सहयोग हो भनेका छन्। त्यस्तो सहयोग राजनीति गर्ने नेताहरुवाट कमै मात्र पाइएको भनाइ पनि तामाङको रहेको छ।

अर्कोतर्फ नेपालको संविधान संशोधन हुनु आवश्यक भैसकेको छ। संशोधित संंविधानमा नेपालमा संसदीय व्यवस्था मार्फत कार्यकारी प्रधानमन्त्री या राष्ट्रपति चुनिने व्यवस्था नै गलत हो। यसकारण नेपालको संविधानलाई संशोधन गरेर प्रत्यक्ष नेपाली जनताले चुन्ने राष्ट्रपति या प्रधानमन्त्री शासन व्यवस्थाको आवश्यकता भएको ठहर युवा राजनीतिक विश्लेषक तथा सामाजिक अभियन्ता युद्ध विक्रम तामाङको रहेको छ।

नेपाली जनताव्दारा प्रत्यक्ष चुनिएर आउने राष्ट्रपति या प्रधानमन्त्रीले ढुक्कैसंगै शासन व्यवस्था चलाउने भएकोले नेपाली राजनीतिमा अस्थिरता नआउने दावी राजनीतिज्ञ युद्ध विक्रमको दावी रहेको छ। अर्कोतर्फ सोही संशोधित संविधानमा नेपालमा कुनैपनि राष्ट्रपति या प्रधानमन्त्रीले दुई कार्यकाल मात्र चुनाव लड्न पाउने व्यवस्था गरिनु पर्ने आवश्यक भएको जिकिर पनि राजनीतिज्ञ युद्ध विक्रमको रहेको छ।

यसलेगर्दा नयां पुस्ताले पनि पर्याप्त अवसर पाउने तथा भ्रष्टाचार गरेको खण्डमा त्यस राष्ट्रपति या प्रधानमन्त्रीलाई जेल चलान गराउन सक्ने कानूनी प्रावधान राख्दा कुनैपनि राष्ट्रप्रमुखले भ्रष्टाचार गर्न आँट नगर्ने भनाई पनि युद्ध विक्रमको रहेको छ। तत्कालिन नेकपा एमालेको जिल्ला कार्य समिति सदस्य तथा हाल नेकपाको सदस्य युद्धविक्रमले दुई कार्यकाल पूरा गरिसकेका कोही पनि प्रधानमन्त्री अवउप्रान्त आवश्यक नभएको पनि भनेका छन्।

उही पुरानै अनुहारका शेरवहादुर देउवा, माधव कुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, डा.बाबुराम भट्टराई लगायत दोहोरिनु नहुने र बर्तमान दुई तिहाईको प्रधानमन्त्री केपी शर्मा ओली पनि पूरा कार्यकाल पश्चात दोहोरिनु नहुने सुझाव पनि युद्ध विक्रमको रहेको छ। दुई तिहाईको केपी शर्मा ओली नेतृत्वको सरकारलाई पनि आफ्नै पार्टीका अग्रज नेताहरुले हटाउने तथा पार्टीको अध्यक्ष पदवाटै हटाउने प्रपंच निश्चित रुपमा पार्टीकै लागि घाटा हुने तर्क राख्दै राजनीतिक विश्लेषक तथा सामाजिक अभियन्ता युद्ध विक्रम तामाङले केपी शर्मा ओलीलाई पूर्ण समय काम गर्ने मौका दिनुपर्ने वताउंछन्।

केपी शर्मा ओली काम नलाग्ने नै भैसकेको भए, अग्रज सवै नेताहरु डेटएक्सपायर भैसकेको र अव तेश्रो पुस्ताका जागरुक ऊर्जावान नेताहरुले अवसर पाउनुपर्ने भनाई पनि तामाङको रहेको छ। तेश्रो पुस्ताका नेता भनेर गगन थापा पुस्ता जस्तो नभइकन नारायणकाजी श्रेष्ठ लगायतका जस्ता निष्ठावान पुस्ताका नेताहरुलाई अवसर दिनुपर्ने राजनीतिक विश्लेषक तथा सामाजिक अभियन्ता युद्ध विक्रम तामाङले बताएका छन्।

बहुदलिय व्यवस्था लागू हुनु र त्यसभन्दा अगाडिदेखि नेपालका पार्टी विशेषमा ती पार्टीमा एकै व्यक्तिको बढी हालीमुहाली हुने गरेको पाइन्छ। एउटै पार्टीमा एकैजनाले ३५ बर्ष अध्यक्ष बनेको र अझै बनिरहेको प्रत्यक्ष उदाहरण पनि आफूसंग भएको युद्ध विक्रमले भनेका छन्। तत्कालिन माओवादी केन्द्रका अध्यक्ष तथा हाल बर्तमान नेकपाका दुई अध्यक्ष मध्येका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा निरन्तर ३६ बर्ष अध्यक्ष भएर कार्य गरिसकेका छन्।

अझै कार्य गरिरहेका छन्। त्यसैले प्रचण्ड जस्ता नेताहरुले निरन्तर पार्टीमा ३६ बर्ष अध्यक्ष बन्नु राम्रो कुरा होइन। यो सत्तावाद भोगी बानीलाई पार्टीको नेतृत्व गर्ने प्रत्येक नेताहरुले त्याग्नुपर्ने राय पनि युद्ध विक्रमको रहेको छ। बरु सल्लाहकार भएर पार्टीलाई अझ सुदृढ बनाउन सहयोगी भूमिका निर्वाह गर्दैजानु पर्ने भनाई पनि उनको रहेको छ।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७७ साल साउन १७ गते शनिवार ।