काठमाडौं। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काको समन्वय तथा नेपाल शाकाहारी पार्टीको संयोजनमा नेपाल नृत्य संघका करिब ७० जना दैनिक जीवन–यापनमा कठिनाइ भोगिरहेका पिडित, राहात बिहिन नृत्यकारहरुलाई राहत वितरण गरिएको छ।

नेपाल नृत्य संघका कार्यवाहक अध्यक्ष जनक कार्कीको अनुरोधमा उक्त खाद्यान्न अनामनगरमा राहत वितरण गरिएको हो। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काका अनुसार, नेपाल शाकाहारी पार्टीको अध्यक्ष राधेश्याम खड्का, चलचित्र बिकाश बोर्डका पूर्व सदस्य राजेन्द्र केसी (राजु), जमिनकी अध्यक्ष विद्या बज्राचार्य र कोषाध्यक्ष महात्मा पराजुली लगायतको सक्रियतामा उक्त राहत सामग्रीहरुलाई जुटाएर नृत्य कलाकार र प्राबिधिकहरुलाइ वितरण गरिएको थियो।

राहत वितरण कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, कार्यकारी सदस्य गीता नेपाल, रामेश्वर बुर्लाकोटी, प्रेस सल्लाहकार सूर्य चन्द, पशुपति क्षेत्र विकाश कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष राधेश्याम लेकाली, संचारकर्मी रिता लिम्बु, नृत्य संघका पूर्व अध्यक्ष दिनेश पाख्रिन, सामाजसेवी भानु ढकालको उपस्थिति रहेको थियो।


प्रकाशन मिति–२०७७ साल बैशाख १३ गते शनिवार ।