काठमाडौं। नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पदार्थको पाइपलाइन परियोजनाको उदघाटन भएको छ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोलीले नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पदार्थको पाइपलाइन परियोजना नेपाल र भारतवाट स्वीचअन गरेर उद्घाटन गरेका हुन्।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावाद हाउसबाट रिमोट थिचेर नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको मंगलबार उद्घाटन गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फरेन्समार्फत् आ–आफ्नो मुलुकबाट संयुक्त रूपमा स्विच थिचेर भारतको मोतिहारीबाट नेपालको अमलेखगंजसम्म बिच्छ्याइएको सो पाइपलाइन परियोजनाको उद्घाटन गरेका हुन्। यो पाईपलाईन दक्षिण एशीयाकै पहिलो क्रस बोर्डर परियोजना हो।
प्रकाशन मिति–२०७६ साल भदौं २४ गते मंगलवार ।