takali-1काठमाडौ। नेपालभाषामा चलचित्र निर्माण हुने क्रममा कुनै कमी आएको छैन्। भाषिय स्वायतता तथा जातिय संरक्षणका लागि नेपालभाषाका चलचित्रले बेग्लै पहिचान र महत्व राख्ने कार्य गरेको छ। यसैक्रममा नेपालभाषाका तन्नेरी चलचित्र सम्पादक तथा निर्देशक शैलेश डंगोलको होम प्रोडक्सन बज्र क्रियशनले रिसाहाको सामाजिक कथावस्तुमा नेपालभाषामा चलचित्र तँकाली निर्माण हुने भएको छ।

takali-5बुधवार काठमाडौको ढल्को–नयाँ बजार स्थित नेपाः ब्याँक्वेटमा आयोजित भव्य समारोह वीच चलचित्र तँकालीको शुभमुहुर्त भएको छ। चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यतामा चलचित्र तँकालीको शुभसाइत भएको छ। बोर्डका अध्यक्ष राईले चलचित्र तँकालीको क्ल्याप बोर्ड पडकाएपछि भएको शुभमुहुर्तमा चलचित्र वितरक गोपाल कायस्थले नरिवल फुटाएर शुभसाइत गरेका थिए।

takali-4

शुभमुहुर्त सट चलचित्र निर्देशक विजयरत्न तुलाधरवाट भएको थियो। शुभमुहुर्तमा चलचित्र तँकालीका नायक सुरेश महर्जन र नायिका सलोना बज्राचार्य लगायतका कलाकारहरुले कुनै डाइलग बोलेर अभिनय गरेका थिएनन्। उनीहरुले चलचित्र तँकालीको गीतको भाकामा मज्जाले उपस्थित दर्शकहरुलाई मनोरंजन प्रदान गरेका थिए। चलचित्र तँकालीको छायाँकन आगामी कात्तिक महिनाको तेश्रो हप्तावाट हुने जानकारी चलचित्र निर्माता तथा निर्देशक शैलेश डंगोलले दिए।

takali-3तँकालीमा सुरेश महर्जन र सलोना बज्राचार्यको अलावा गौतमरत्न तुलाधर, मञ्जु श्रेष्ठ, सुरेन्द्र तुलाधर, प्रकाशराज मानन्धर, गोपालकाजी कायस्थ, सुमन चित्रकार, रजनी खड्गी, उजय शाही, सुजना बज्राचार्य, गंगाराम डंगोल, रोहन प्रजापति लगायतका कलाकारहरुको अभिनय रहने भएको छ।

takali-2तस्वीर–सुनिता कायस्थ
प्रकाशन मिति–२०७३ साल असोज ५ गते बुधवार ।