काठमाडौ। नायक आर्यन सिग्देल र नायिका रेखा थापा अभिनित फिल्म ‘रुद्रप्रिया’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। नायिका रेखा थापाले आफ्नो आधिकारीक फेसबुकमार्फत उक्त पोस्टर सार्वजनिक गरेकी हुन्।

Rudra Priyaसार्वजनिक तीन पोस्टरमा आर्यन र रेखा मात्र फिचरिङ छन् । पोस्टरमा आर्यन र रेखाको मौनताले अनेकौं प्रश्न उब्जाउन सक्छ। आफ्ना अधिकांश फिल्मका पोस्टरमा एक्सन अवतारमा देखिएकी नायिका रेखा ‘रुद्रप्रिया’को पोस्टरमा भने विल्कुलै फरक अन्दाजमा प्रस्तुत भएकी छन्।

‘रुद्रप्रिया’ का निर्देशक ‘माला’ फिल्मका निर्देशक सुदीप भूपाल सिंह हुन् । सरस्वती थापा निर्माता रहेको फिल्म ‘रुद्रप्रिया’ का कार्यकारी निर्माता रमेश पौडेल छन् । रमेशलाई लगानीमा रेखाले पनि साथ दिएकी छन् । फिल्मका सिनेम्याट्रोग्राफर सञ्जय लामा हुन्।

फिल्मको रिलिज कार्तिक २ गते लक्ष्मी पूजालाई लक गरिएको छ । फिल्मका गीतमा अर्जुन पोख्रेल, राजनराज सिवाकोटी र सुरेश अधिकारीको संगीत रहेको छ भने कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
प्रकाशन मिति–२०७४ साल साउन १० गते मंगलवार ।