काठमाडौं। रगतको हाहाकार भैरहेको अवस्थामा आकस्मिक रक्तदान कार्यक्रमहरुले निक्कै नै टेवा दिने गरेको छ। यसैसन्दर्भमा नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा शनिवार काठमाडौंका विभिन्न स्थानमा विशेष रक्तदान कार्यक्रमहरु संपन्न भएको छ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा काठमाडौंको बसन्तपुरमा लायन्स क्लब अफ युनाइटेड सेन्ट्रलले बिशेष रक्तदान कार्यक्रमको आयोजना भयो। लायन अनिल श्रेष्ठद्वारा संयोजन गरिएको उक्त रक्तदान कार्यक्रममा ६६ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेका थिए।

त्यसैगरी, स्वयंसेवी शतक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यकै प्रमुख आतिथ्यतामा काठमाडौं महानगरपालिका ज्याठा स्थित श्रीज्याठा यूवा तथा सामुदायिक बिकास क्लब,ज्याठा, पञ्चदान गुथि, प्रजापति खलः र त्यरःत्वाःमिसा पुचःद्वारा संयुक्तरूपमा ९औं पटकको बार्षिक रक्तदान कार्यक्रमको सम्पन्न गरेको छ। कार्यक्रममा ६४ जनाले रक्तदान गरेका थिए।

रक्तदान गर्ने सवै स्वयंसेवी रक्तदाताहरूलाई स्वयंसेवी शतक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले प्रशंसा–पत्र बितरण गरेका थिए।


प्रकाशन मिति–२०७५ साल भदौ ३० गते शनिवार ।