काठमाडौं। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा विशेष रक्तदान कार्यक्रम संपन्न भएको छ। काठमाडौंको दुर्गामन्दिर मार्ग कपन स्थित लाईफ भिजन बचत तथा ऋण सहकारी संस्थाको १०औं बार्षिक उत्सबको उपलक्ष्यमा उक्त रक्तदान कार्यक्रम भएको हो।

कार्यक्रममा प्रमुख अतिथि रेकर्डेट रक्तदाता कर्माचार्यलाई संस्थाका अध्यक्ष छविरमण आचार्यद्वारा खादा ओढाएर सम्मान जाहेर गरेका थिए। रक्तदान कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका वडा नंवर १२ का वडा अध्यक्ष शम्भु भट्टराईका बिशेष आतिथ्यता रहेको थियोे।

रक्तदान कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष छबिरमण आचार्यवाट भएको थियो। कार्यक्रम संचालन संस्थाका सचिव कृष्णप्रसाद अधिकारीले गरेका थिए। उक्त रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरेर ३९ जनाले रक्तदान गरेका थिए।

कार्यक्रममा रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष समेत रहेका रेकर्डेट रक्तदाता कर्माचार्यले सम्मान–पत्र बितरण गरेका थिए।
प्रकाशन मिति–२०७६ साल साउन २५ गते शनिवार ।