बीरगञ्ज । नेपालका रेकर्डेट रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा बीरगञ्जमा विशेष रक्तदान कार्यक्रम संपन्न भएको छ। पशुपति अन्नपूर्णा आश्रमको आयोजनामा बीरगञ्ज महानगरपालिका वडा नंबर २२ जगन्नाथपुरीमा विशेष रक्तदान कार्यक्रम भएको हो।

रक्तदान कार्यक्रममा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा रक्त संकलन थैली हस्तान्तरण गरि शुभारम्भ गरिएको थियो।

कार्यक्रममा पतञ्जली योग बिज्ञान आयुर्वेद औषधालय कम्पनीका प्रमुख युवराज सुबेदी, पर्सा रक्त सञ्चार सेवाका प्रमुख उदयराज शर्मा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य राज महम्मद अन्सारी, माता भद्रकाली, बीरगञ्ज महानगरपालिका–२२ का वडाध्यक्ष ग्यासुदिन मियाँ मन्सुरी र बीरगञ्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगी लगायतको बिशेष आतिथ्यता रहेको थियो।

विशेष रक्तदान कार्यक्रममा २९ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेको आयोजक समितिले जनाएको छ।


प्रकाशन मिति–२०७७ साल असोज २० गते मंगलवार ।