prem purna

काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्य पूजनिय पिता प्रेमपूर्ण कर्माचार्यको सोमवार दुःखद निधन भएको छ। लामो समय देखि विभिन्न रोगवाट आक्रान्त बन्दैआएका प्रेमपूर्ण कर्माचार्यको सोमवार नै दाहसंस्कार संपन्न भएको छ।

आजीवन अनवरत समाजको भलाईमा समर्पित बन्दैआएका स्वर्गवासी प्रेमपूर्ण कर्माचार्यको जन्म काठमाडौको जैशीदेवलमा भएको थियो। जैशीदेवलवाट बागबजारमा बसाई सर्दा त्यस ठाउंमा प्रेमपूर्ण कर्माचार्यकै मात्रै थियो। जुन घर नै बागबजारको पहिलो घर मानिएको छ।

यतिखेर बागबजार घनाबस्ती भैसकेकोले प्रेमपूर्णको त्यो घर अत्यन्त गल्लीभित्र परेको छ। बेखाचाकालको नाट्यकर्मदेखि ल्यायम्ह पुचः संस्थापन कार्यसम्म योगदान दिएका प्रेमपूर्णको निस्वार्थ समाजसेवावाट प्रभावित बनेर नै प्रेमसागर कर्माचार्य रक्तदान कार्यमा अहोरात्र लागिरहेका हुन्।

पिता प्रेमपूर्ण कमाचार्यले जस्तै रक्तदानको क्षेत्रमा निस्वार्थ सेवा गर्दैआएका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्य यतिखेर गहिरो शोकमा परेका छन्। पिताको देहान्तको कारण गंभीर बनेका प्रेमसागर पिताका अधुरा कार्यहरु पूरा गर्ने अव आफ्नो प्रमुख लक्ष्य रहेको भन्छन्।
प्रकाशन मिति–२०७३ साल चैत्र ७ गते सोमावार ।