भक्तपुर। ३७औ अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको उपलक्ष्यमा राष्ट्रिय युवा परिषद,युवा तथा खेलकुद मन्त्रालय,नेपाल सरकारद्वारा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य सोमवार आयोजित कार्यक्रममा राष्ट्रिय युवा परिषद्को प्राङ्गणमा सार्वजनिक अभिनन्दन गरिएको छ।

राष्ट्रिय युवा परिषदले १७२औं पटक रक्तदान गरिसकेका रेकर्डेट रक्तदाता कर्माचार्यलाई अभिनन्दन गरेको हो। अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको सन्दर्भमा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले रक्तदाता कर्माचार्यलाई अभिनन्दन गरेका हुन्।

नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष समेत रहेका कर्माचार्यले रक्तदान जस्तो उच्च माननीय कार्यमा निरन्तर समर्पित भई युवाहरुलाई उत्प्रेरणा जगाएकाले अभिनन्दन गरिएको परिषदका उपाध्यक्ष बस्नेतले वताए। कर्माचार्यले यस सम्मानवाट आम स्वयंसेवी रक्तदाता एवं युवाहरू नै सम्मानित भएको प्रतिक्रिया व्यक्त गरेका छन्।
संयुक्त राष्ट्रसंघको महासभाको निर्णय अनुसार डिसेम्बर ५ लाई सन् १९८५ देखि अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइदै आइएको छ। सोही अवसरमा राष्ट्रिय युवा परिषद्ले रक्तदान कार्यक्रम तथा नेपालका रेकर्डेट रक्तदाता कर्माचार्यलाई सम्मान गरिएको जानकारी परिषदका प्रमुख प्रशासकीय अधिकतृ रमाकान्त शर्माले दिएका छन्।

प्रकाशन मिति–२०७९ साल मंसीर २० गते मंगलवार ।