सल्यान । स्वयंसेवी रक्तदाताहरूको सञ्जाल स्थानीय स्तरमा गठन गर्ने क्रममा त्यसको सञ्जाल सल्यानमा पनि गठन गर्न बृहत भेला संपन्न भएको छ। पीडित पक्षलाई प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल स्वयंसेवी रक्तदाता समाज,सल्यान जिल्ला शाखा गठन गर्न उक्त बृहत भेलाको आयोजना गरिएको हो।

आज विहीवार सल्यान जिल्लाको खलंगामा स्थानीय समाजसेवी,महिल,पत्रकार र नेपाल स्वयंसेवी रक्तदाता समाजका सदस्यहरूको सहभागितामा बृहतभेला कार्यक्रम भएको हो।

उक्त भेला नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। स्थानीय सामाजिक अभियन्ता टंकबहादु परियारको सभापतित्वमा संचालित उक्त भेलालाई समाजसेवी टोपबहार मल्लले स्वागत गरेका हुन्। पत्रकार मेघा रेउलेले बृहत भेला कार्यक्रमको संचालन गरेका थिए।

सो भेलाले अध्यक्ष टंकबहादुर परियार नेतृत्वको ११ सदस्यीय नेपाल स्वयंसेवी रक्तदाता समाज,सल्यान जिल्ला समिति गठन गरिएको छ। जसमा उपाध्यक्ष केशबराज बस्नेत,सचिब गुमनसिंह घर्ती,कोषाध्यक्ष तारा कुमारी बिक सदस्यहरूमा क्रमशः निर्मला अधिकारी,तार कुँवर,तिलक बहादुर बोहरा,चन्द्र बहादुर कुँवर,सर्रोज बिक,डम्बर नेपाली र मेघा रेउले रहेका छन्।

प्रकाशन मिति–२०७४ साल चैत्र १ गते विहीवार ।